माक्स र हातधुने सावुन वितरण

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २१ २०७६
  • तामाकोशी

रामेछाप । चैत २१ गते,
रामेछापको खाँडादेवी गाउँपालिका वाडा नं ६ माकादुमले कोरोनाको संक्रमणबाट जोगिन सचेतनाको साथै माक्स र सावुन वितरण गरेको छ । वडा अध्यक्ष पुष्कर कार्कीको नेत्वमा ३ वटा टोली बनाई वडाका सबै ५ सय घरधुरीलाई प्रति परिवार ३ वटाका दरले हात धुने सावुन तथा ३ हजार ५ सय माक्स वितरण गरिएको थियो । यसैगरी वडा नं २ को चुल्ठेपानी, हिलेचौर र रायगाउँका एक सय घरधुरीमा समेत माक्स र सावुन वितरण गरिएको वडाअध्यक्ष कार्कीले जानकारी दिए । माकदुम युवा एकता समाज, वडा कार्यालयले परिवर्तनशिल युवा क्लव र विष्णु जनज्वती माविको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेतबहादुर कार्कीको सहयोग र साझेदारीमा सो कार्यक्रम सञ्चालन गरेको हो ।
यसै बिच वाडाअध्यक्षको संयोजकत्वमा १५ सदस्यि वडास्तरीय विपद स्यवस्थापन समिति समेत गठन गरिएको छ । जसमा निर्वाचित वडासदस्यहरु, वडा स्थित राजनीतिक दलका प्रमुख लगायत सदस्य रहेका छन् । रोग नियन्त्रणको लागि मन्थली नगरापलिकाले भने मन्थली बजार क्षेत्रमा किट नासक औषधि छिटेको छ । सो पालिकाले बजारको सडक क्षेत्रमा किटनासक औषधि छिटेको हो ।