रामेछापमा ७६ जना क्वारेन्टाइनमा : जिल्लाभर २ सय ६४ क्वारेन्टाइन स्थापना

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २१ २०७६
  • तामाकोशी

रामेछाप । चैत २१ गते,
रामेछाप जिल्लामा ७६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । छिमेकी मुलुक भारत र अन्य विभिन्न देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो । विहिबारसम्म गोकुलगंगा गाउँपालिकामा ७ जना, दोरम्बा गाउँपालिकामा ४ जना, मन्थली नगरपालिकामा १० जना, रामेछाप नगरपालिकामा २६ जना , सुनापति गाउँपालिकामा १३ जना , खाँडादेवी गाउँपालिकामा ११ जना , लिखुतामाकोशी गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । यसमध्य ६८ जना होम क्वारेन्टाइनमा बसेका छन् । हालसम्म दोरम्बा गाउँपालिकामा ६ जना र गोकुलगंगा गाउँपालिकामा ३ होम क्वारेन्टानमा बसेकाको स्वास्थ्य स्थिति सामान्य भएपछि उनीहरुलाई निगरानीबाट छुटाइएको र मन्थली नगरपालिकामा सामुदायिक क्वारेन्टाइनमा बसेका २ जनालाई होम क्वारेन्टाइनमा पठाइएको कर्णले जानकारी दिए ।
जिल्लाका विभिन्न पालिकाहरुहरुमा आवश्यक पर्दा चिकित्सकहरु गएर उपचार गर्न सक्ने खालका ५३ बेड आइसोलेसन कक्षहरु र २ सय ६४ बेड क्वारेन्टाइन स्थापना भई सकेका छन् । हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ७ , दोरम्बा गाउँपालिकामा ७ ,सुनापति गाउँपालिकामा ६ र खाँडादेवी गाउँपालिकामा ११ बेड आइसोलेसन सेन्टर स्थापना गरिएको कर्णले जानकारी दिए । त्यसैगरी मन्थली नगरपालिकामा २०, रामेछाप नगरपालिकामा ६८ ,दोरम्बा गाउँपालिकामा १६ , खाँडादेवी गाउँपालिकामा ४३ , गोकुलगंगा गाउँपालिकामा २१, उमाकुण्ड गाउँपालिकामा ५३ र लिखुतामाकोशी गाउँपालिकामा ४३ बेड क्वारेन्टाइन स्थापना गरिएको कर्णले जानकारी दिए । भारत लगायत विदेशबाट फकिर्एका सर्वसाधारणलाई स्वास्थ्यकर्मीको सम्पर्कमा आउन समेत जिल्ला स्वास्थ्य कार्यालय रामेछापल आग्रह गरेको छ ।