रामेछाप । चैत १३ गते,
कोभिड १९ को आशंका भएका विरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई आवश्यक सुरक्षा सामाग्रि नहुँदा रामेछापमा उपचार प्रक्रियामा समस्या पर्ने चिकित्कसकहरुले बताएका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला फोकल पर्सन एवं जिल्ला अस्पताल रामेछापका मेडिकल अफिसर डाक्टर आनन्द आचार्यले जिल्लामा हेल्थ डेक्स, क्वारेन्टाइन तथा आइसोलेसन स्थापना गरि संकास्पद विरामीलाई उपचार गर्ने व्यवस्था मिलाइएको भए पनि स्वास्थ्यकर्मीले लगाउने सुरक्षात्मक कपडाको भने अभाव रहेको बताएका छन् । रामेछाप जिल्लाम हालसम्म त्यसस्ता विरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी लगाउने पुनप्रयोग गर्न नमिल्ने २ थान किड्स मात्र आएको उनले बताए । उपचार गर्दा लगाउने विशेष खालको माक्स जिल्लामा एउटा पनि नभएको उनको भनाई छ । यस विषयमा सम्बन्धित निकायमा अनुरोध गरि पठाएको भए पनि किड्सहरु नआइपुगेको उनले बताए । तामाकोसी अस्पताल मन्थलीका निर्देशक डाक्टर सुमन कर्माचार्यले स्वास्थ्यकर्मीहरु विरामीको उपचार गर्न तयार रहेका भए पनि सरकाले आवश्यक उपकरण र सामाग्रि नपठाउँदा समस्या आउन सक्ने बताए ।
कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीका लागि अत्यावश्यक सुरक्षा सामाग्रिकै अभाव
- प्रकाशित मिति: बिहिबार, चैत्र १३ २०७६
- तामाकोशी