रामेछाप । चैत १० गते,
कोरोना भाइरस (कोडिभ–१९) को संक्रमण भित्रिन नदिन रामेछापको सदरमुकाम मन्थलीमा हेल्थ डेस्क संचालन गरिएको छ । राजधानि काठमाडौँ , बिरगञ्ज लगाएतका देशका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम मन्थलीको मुख्य प्रवेशद्धार भैसेश्वरमा सोमबारबाट कोरोना संक्रमण भए नभएको जाच्न मन्थली नगरपालिकाले हेल्थ डेस्क संचालनमा ल्याएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयालले जानकारी दिए ।
उनले हेल्थ डेस्कमा चेकजाँच गर्दा शंकास्पद बिरामी भेटिए उनीहरूलाई थप उपचारका लागि अस्पतालमा पठाइने व्यवस्था मिलाइएको बताए । राजधानी काठमाडौं लगाएत देशका विभिन्न स्थानबाट आएका सार्वजनिक तथा निजी सवारी साधनका चालक लगाएत सवै यात्रुहरुको हेल्थ डेक्समा कोरोना भाइरसको परिक्षण गर्ने व्यवस्था मिलाइएको उनको भनाई छ । यसका लागि डेस्कमा ४ जना स्वास्थ्यकर्मी खटाइएको र एउटा इन्फारेड थर्मो्मिटर मार्फत डेस्कमा आउँनेहरुको स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरिएको उनको भनाई छ । उनले मन्थली नगरपालिकाले कोरोनाबाट बाँच्नका लागि समेतनामूलक सन्देश लिँदै समयमै संक्रमण भित्रिन नदिन विभिन्न सतर्कता अपनाएको बताए । हेल्थ डेस्कमा साबुन पानीले हात धुने र सेनेटाइजरको पनि व्यवस्था गरिएको मन्थली नगरपालिकाले जनाएको छ । मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख फुयालले हेल्थ डेस्कमा परिक्षणका क्रममा कोरोना भाइरस संकास्पद लक्ष्यण भएका बिरामी भेटिए उनीहरुलाई मन्थली प्राथमिक स्वास्थ्य केन्द्र , तामाकोशी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा रहेको आइसोलेसन वार्डमा पठाइने व्यवस्था गरिएको बताए । 
मन्थलीमा कोरोना भाइरस हेल्थ डेस्क
- प्रकाशित मिति: सोमबार, चैत्र १० २०७६
- तामाकोशी