रामेछाप, चैत्र ९ गते ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रामेछाप जिल्लाभित्र फैलन नदिन जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लावासी सबैमा आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षमा बसेको बैठकले जिल्ला भित्रका हाटबजार, सिनेमा घर, मनोरञ्जन स्थल, भिडभाड हुने स्थल, साँस्कृतिक कार्यक्रमहरु सबै चैत मसान्त सम्म बन्द गर्न आग्रह गरेको छ ।
यसैविच रामेछाप जिल्ला अस्पतालको निरिक्षणको क्रममा सन्तोषजनक नदेखिएको भन्दै आवश्यक उपकरणहरुको थप ब्यवस्थापन गर्न समेत आग्रह गरेको छ ।
रामेछाप जिल्ला भित्रका हाटबजार सबै बन्द हुने (सुचना सहित)
- प्रकाशित मिति: आइतबार, चैत्र ९ २०७६
- तामाकोशी
