रामेछाप ।
जिल्ला अस्पताल रामेछापमा कोरोना भाईसरको संभावित खतरालाई लक्षित गर्दै ‘आइसोलेसन वार्ड’ स्थापना गरिएको छ । नेपालमा हालसम्ममा कुनै पनि व्यक्ति कोरोना संक्रमित भएको पुष्टि नभएपनि उच्च सर्तकर्ताका निम्ति जिल्ला अस्पतालले पूर्व सतकर्ताका लागि दुईवटा आईसुलेसन वार्ड स्थापना गरेको जिल्ला अस्पताल रामेछापका सुचना अधिकारी दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
आईसुलेसन वार्डमा दुई वटा मात्रै वेड राखिएको छ । आवश्यकता अनुसार अरु वेडहरु थप्दै जाने उहाँले बताउनुभयो । आइसोलेसन कक्षमा आवश्यक पर्ने सबै सामग्रीहरुको व्यवस्था गरिसकेको उहाँको भनाई छ । कोरोना भाईरसको बारेमा जिल्ला प्रशाासन, जिल्ला अस्पताल र स्थानीय तहहरु बीचमा भएको सर्बपक्षिय बैठक गरी आइसोलेसन कक्ष व्यवस्था गर्न प्रशासनले निर्देशन गरेपछि जिल्ला अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरिएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट बच्नका लागी भिडभाडमा नजाने, माक्सको प्रयोग गर्ने,तातो चिज खाने र केहि लक्षणहरु देखा पर्नासाथ चिकित्सकको सुझाव लिन अस्पतालले आग्रह गरेको छ ।
हामी सर्तकछौंः जिल्ला अस्पताल रामेछापमा ‘आइसोलेसन वार्ड’ तयार
- प्रकाशित मिति: मंगलबार, चैत्र ४ २०७६
- तामाकोशी