रामेछापमा पनि डेङ्गीको लक्षण देखा पर्याे: देशभर ३६ जनामा सङ्क्रमण

  • प्रकाशित मिति: शनिबार, चैत्र १ २०७६
  • तामाकोशी

रामेछाप । चैत १ गते,
रामेछाप जिल्लामा पनि डेङ्गी रोगको लक्षण देखा परेको छ । हिमाली जिल्ला रामेछापमा अहिलेसम्म एक जनामा डेङ्गी रोगको लक्षण देखिएको ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले देशभर पुसको दोस्रो हप्तादेखि शुक्रबारसम्ममा ३६ जना डेङ्गीका बिरामी फेला परेको जनाएको छ । विभिन्न अस्पतालमा उपचारका लागि पुगेका ३६ जना बिरामीमा डेङ्गीको सङ्क्रमण देखा परेको महाशाखाले जनाएको छ । महाशाखाले वाग्मती प्रदेश अन्तर्गत रामेछापमा १ नुवाकोटमा १, काठमाण्डौमा ३, ललितपुरमा ३, र मकवानपुरमा १ गरी ९ जनामा डेङ्गीको लक्षण भेटिएको जनाएको छ । यस्तै गण्डकी प्रदेशको गोरखामा १, म्याग्दीमा १, कास्कीमा २ र नवलपरासी सुस्ता पूर्वमा १ गरी ५ र प्रदेश ५ मा नवलपरासी सुस्ता पश्चिममा १, रुपन्देहीमा ११, कपिलवस्तुमा १ र बाँकेमा १ गरी १४ जना डेङ्गीकाका बिरामी भेटिएका छन् । सुदूरपश्चिम प्रदेशअन्तर्गत डडेलधुरामा १ र कैलालीमा १ गरी २ जना बिरामी भेटिएका छन् । मौसम परिवर्तनसँगै नेपालमा डेङ्गीका बिरामी भेटिएको महाशाखाले जनाएको छ ।महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश १ अन्तर्गत झापामा १, मोरङमा ३ र सुनसरीमा २ गरी ६ जना डेङ्गीको बिरामी फेला परेका हुन् ।