रामेछापमा कोरोना परिक्षण तथा उपचारका लागि २ वटा आइसोलेसन वार्ड

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २८ २०७६
  • तामाकोशी

रामेछाप । फागुन २८ गते,
रामेछापमा विश्वभर फैलिरहेको कोरोना सतर्कता थप बढाइएको छ । जिल्लामा कोरोना भाइरसको सतर्कता बढाउँदै संकास्पद बिरामी परिक्षणका तथा उपचारका लागि सदरमुकाम मन्थलीका दुईवटा अस्पतालमा आइसोलेसन वार्ड तयार गरिएको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयालले जानकारी दिए । उनले मन्थलीमा संचालित तामाकाशी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा कोरोना भाइरसका संकास्पद बिरामीको परिक्षण तथा छुट्टै उपचारका लागि आइसोलेसन वार्ड बनाइएको बताए । गत फागुन २३ गते जिल्ला स्तरीय नोवेल कोरोना भाइरसको रोकथाम तथा नियान्त्रण सम्बन्धी बैठक बसी मन्थली प्राथमिक स्वाथ्य केन्द्र, तामाकोसी अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड बनाई आवश्यक एम्बुलेन्स समेत राख्ने निर्णय गरेको थियो ।