पोखरा । विभागीय टोली नेपाल पुलिस क्लबले आहा रारा गोल्डकपको क्वाटरफाइनलमा आयोजक सहारा क्लबलाई टाइब्रेकर ४-२ ले पराजित गरेको छ । यस जितसँगै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा शनिबार निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा थप गोल नहुँदा टाइब्रेकरमा खेल निर्धारण भयो । टाइब्रेकरमा पुलिसका लागि भारत साह, सौजन याक्खा राई, हेम तामाङ र सुमन सुवेदीले गोल गरे । पुलिसका अनुप लिम्बूको प्रहारलाई सहाराका गोलरक्षक अर्पण कार्कीले बचाए । सहाराका लागि पहिलो प्रहार नै सफल भएन । सहाराका आशिष गुरुङ र अजय श्रेष्ठले गोल गर्दा त्रिदेव गुरुङको प्रहार भने बाहिरियो ।
ए डिभिजन टोली ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई हराउँदै आयोजक टोली अन्तिम आठमा पुगेको थियो । पुलिसले भने बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । प्रतियोगिताको सेमिफाइनलमा अब पुलिसले रुस्लान थ्री स्टार र भारतीय टोली गान्तोक फुटबल क्लबको विजेतासँग खेल्नेछ । आइतबार हुने दोस्रो क्वाटरफाइनलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दीले झापा-११ फुटबल क्लबको सामना गर्नेछ ।
आहा रारा कपः आयोजकलाई हराउदै पुलिस क्वाटरफाइनलमा
- प्रकाशित मिति: शनिबार, फाल्गुन २४ २०७६
- तामाकोशी