रामेछापमा कोरोना संक्रमण सतर्कता :अस्पतालमा आइसोलेसन वार्ड,विद्यालयमा सचेतना कार्यक्रम

  • प्रकाशित मिति: शनिबार, फाल्गुन २४ २०७६
  • तामाकोशी

रामेछाप । फागुन २४ गते,
बिश्वभर कोरोना भाइरसको जोखि बढ्दै गएपछि रामेछाप पनि सतर्कता बढाइएको छ । कोरोना संक्रमणको जोखिमतालाई मध्यनजर गरी जिल्लाका विभिन्न स्थानमा संचालित अस्पतालहरुमा आइसोलेसन वार्ड राख्ने तयारी भएको छ । शक्रवार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सदरमुकाम मन्थली आकाशेमा संचालित मन्थली प्रथामिक स्वाथ्य चौकि, तामाकोसि अस्पताल र रामेछाप सामुदायिक अस्पतालमा आइसोलेसन वार्ड तथा आवश्यक एम्बुलेन्स राख्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रुद्र देबि शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सन्चालित सञ्चार माध्यमहरुबाट कोरोनाबाट बच्ने उपाएका बारेमा सचेतना मुलक सन्देश प्रसारण गर्ने निर्णय पनि गरेको छ । बैठकले मास्क तथा स्वास्थ्य सामाग्री सहज रुपमा बिक्रि बितरण गर्ने र कहि कतै कृतम आभव गराइ बजार मुल्य भन्दा बढिमा बेचेको पाएमा तत्काल कारबाहि गर्ने निर्णय गरेको छ । बैठकले कोरोना संक्रमणको जोखिमतालाई मध्यनजर गरी जिल्लाका कुनै पनि स्वास्थ्य कर्मिलाई तत्कालको लागि बिदामा नछाड्ने र जिल्लाका सबै बिद्यालयहरुमा कोरोना भाइरस बाट बच्ने उपाएका बारेमा सचेतना मूलक कार्यक्रमहरु संचालन गर्ने निणय गरीएको छ ।