होली खेल्ने योजनामा हुनुहुन्छ भने सावधानः होली खेल्न नपाइने

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन २२ २०७६
  • तामाकोशी

काठमाण्डौ ।
तपाई भिडभाडमा होली खेल्ने योजनामा हुनुहुन्छ भने यस्पाली त्यो योजना पुरा नहुने भएको छ । कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै राज्यले होली खेल्न रोक लगाइएको छ । जिल्ला सुरक्षा समन्वय समिति काठमाण्डौको बुधबार बसेको बैठकले होली खेल्न नपाइने निर्णय गरेको हो ।
‘अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन र त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको छ’,प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
काठमाण्डौमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चितकालसम्मका लागि स्वीकृति नदिने भएको छ । काठमाण्डौबाहेकका अरु जिल्लामा पनि सकेसम्म होली नखेल्न सरकारले आग्रह गरेको छ । भिड र समूहमा होली खेल्दा सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले सकेसम्म होली नखेल्न सरकारले आग्रह गरेको हो ।
सरकारले भिडभाडमा नजान, भेला, सभा सम्मेलन नगर्न यसअघि नै आग्रह गरिसकेकाले कतिपय जिल्लाहरुमा तयारीमा मुखमा पुगेर पनि विभिन्न महोत्वस मेलाहरु रद्द गरेका छन् ।