यी हुन् प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा ! कस्तो छ प्रधानमन्त्री ओलीको स्वास्थ्या अवस्था

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन २० २०७६
  • तामाकोशी

काठमाडौं : प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला अस्पताल पुगेकी छिन्। बुधबार पुनः प्रत्यारोपण गर्न लागिएको मिर्गौला दिने ३२ वर्षीया संग्रौला नातामा प्रधानमन्त्री ओलीकी भान्जि हुन्। संग्रौला पनि झापाकै हुन् । बुधबार मिर्गौला प्रत्यारोपनका लागि प्रधानमन्त्री ओलीसँगै संग्रौला पनि सोमबार नै अस्पताल भर्ना भएकी छन ।

पहिलोपटक भने बुहारी नाताकी अञ्‍जना घिमिरेले मिर्गौला दिएकी थिइन्। पहिलोभन्दा दोस्रो पटकको प्रत्यारोपण अलिक जटिल हुने चिकित्सक बताउँछन्। आइतबार बिहान ग्रान्डी अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरिएको थियो। स्वास्थ्य जाँच गरिएका रिपोर्ट नर्मल आएपछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो।



प्रधानमन्त्री ओलीले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा २०६४ सालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए।स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौ ५ गते सिंगापुर गएका थिए।त्यहाँ उनले ‘प्लाज्माफेरेसिस’ गरिएको थियो।त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए।त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए।