राजु परियार र आयुषा गौतमको स्वरमा पहिलो रेकर्ड गितको फेरी चौतर्फी चर्चा,बन्यो यस्तो भिडियो

  • प्रकाशित मिति: शनिबार, फाल्गुन १७ २०७६
  • तामाकोशी

काठमाडौं – पछिल्लो समय युट्युबमा भाइरल भएकी ८ बर्षिय बालगायिका आयुषा गौतमको पहिलो गीत “फुली नाकैमा” सार्वजनिक भएको छ । बालगायिका आयुषा गौतम र चर्चित लोक गायक राजु परियारको सुमधुर स्वरमा रहेको छ ।

गीतमा प्रलाद सुबेदीको शब्द रहेको छ भने डी.आर सुजनको लय रहेको छ । सम्भु चालिसेले छायाकन गरेका हुन् भने सुजन शाहीले सम्पादन गरेका हुन् । सतिश अधिकारीको परिकल्पनामा तयार भएको म्युजिक भिडियोमा सरोज खनाल,कृष्ण कडेल आयुषा गौतम र अन्या कलाकारको अभिनय रहेको छ  भने म्युजिक भिडियो निर्देशन डि.आर सुजनले गर्नु भएको छ । S3K Entertainment Official Youtube च्यानलबाट प्रोमो आईसकेको छ । फुल भिडियो केहि दिनमा सार्वजनिक हुने भएको छ ।



यतिबेला फुल म्युजिक भिडियो आउनु भन्दा पहिले सार्वजनिक गरिएको प्रोमो ट्रेनिंङमा एको छ । प्रोमो सार्वजनिक भएको २४ घण्टा नपुग्दै गीत ३१ हजारको हाराराही भन्दा माथिको दर्शक स्रोताको नजरमा परेको छ ।






हेर्नुहोस भिडियो :