रामेछाप । फगुन १४ गते,
नेपाल सि.आर.एस कम्पनीद्धारा रामेछापको २ नगरपालिका र २ गाउँपालिकामा संचालित दुर्गम क्षेत्र अभियान कार्यक्रमको वहिरगमन भएको छ । कम्पनीले बुधबार मन्थलीमा एक कार्यक्रमको आयोजना गरी जिल्लाको मन्थली नगरपालिका , रामेछाप नगरपालिका , खाँडादेवी गाउँपालिका र गोकुलगंगा गाउँपालिकामा संचालित दुर्गम क्षेत्र अभियान कार्यक्रमको समयावधि सकिएको जानकारी दिएको हो । २ बर्षसम्म सि.आर.एस कम्पनीले रामेछापको दुर्गम क्षेत्रमा गएर महत्वपुर्ण काम गरेको मन्थली नगरपालिका स्वास्थ्य शाखा प्रमुख केशवराज फुयालले बताए ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको विदाई कार्यक्रममा रमेश ढुंगेल , मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक कोइरालाले संस्थाले गरेको कामका बारेमा आफ्नो बिचार राखेका थिए । त्यसैगरी युएसएडका इभाना र नेपाल सिआरएस कम्पनीका प्रवन्धक जीवलाल पोखरेलले संस्थाले २ बर्षको अवधीमा गरेका कामका बारेमा जानकारी गराए ।
त्यस कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , रामेछापका निमित्त जिल्ला समन्वय अधिकारी गोकुल ढुंगेल ,उपप्रमुख माया कुमारी कार्की , रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्का , खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङ,उपाध्यक्ष मखमली श्रेष्ठ र गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष राधिका श्रेष्ठ लगायत स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले सि.आर.एस कम्पनी नेपालद्धारा संचालित दुर्गम क्षेत्र अभियान कार्यक्रमले रामेछापको विकट दुर्गम क्षेत्रमा गएर उल्लेख्य काम गर्न सफल भएको भन्दै धन्यवाद दिए । आगामीदिनमा जिल्लाको गाउँपालिका र नगरपालिकाहरुले संस्थामार्फत संचालन भएको कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ । त्यस अवस रमा कार्यक्रमका जिल्ला संयोजक भुवन थापा , सामाजिक परिचालक सन्जीता कार्की र १६ जना सामुदायिक सहज कर्ताहरुलाई सम्मानपत्र दिएर विदाई गरिएको थियो । परिवार नियोजनका साधनहरुको जानकारीका साथै बितरण , स्वाथ्यमा व्यवहारिक परिवर्तन गर्ने गराउँने , एचआइभी एड्सका बारेमा चेतना दिने उद्देश्यले यो कार्यक्रम सन् २०१८ देखी दुर्गम क्षेत्र अभियान रामेछाप जिल्लामा संचालन भएको थियो ।
रामेछापमा नेपाल सि.आर.एस कम्पनीको दुर्गम क्षेत्र अभियान कार्यक्रम सकियो
- प्रकाशित मिति: बुधबार, फाल्गुन १४ २०७६
- तामाकोशी