के म रामेछाप बासि हैन,म कलाकार हैन ! आयोजक ज्यु ?भन्दै गायक नबिन पुलामी मगर मिडियामा

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन ८ २०७६
  • तामाकोशी

काठमाडौं- नेपाल भ्रमण बर्ष २०२० र रामेछापको ब्यापार ब्यवसायलाई लक्षित गरी रामेछाप उद्योग वाणिज्य संघको आयोजना गर्न लागिएको ‘दोस्रो रामेछाप महोत्सव’शुरु भएको छ ।

मंगलबार ६ गते देखि १५ गते बिहिबारसम्म चल्ने महोत्सव संयोजकले बताउनु भएको छ । हरेक ठाउको मेला महोत्सवमा सोहि ठाउका गतिबिधि बाहिर ल्याउन र सोहि क्षेत्रको पहिचान देखाउनु हो । तर पछिल्लो समय महोत्सवमा सबैका कुरा चित्त बुझ्दो नहुदा बेला बेला विवादमा तानिएका हुन्छन । आयोजक समितिले पनि बेला बेला बिबादमा तानिने गरेका छन् ।



आयोजक समितिले पनि नजिकका कलाकारलाई बेवास्था गरेका घटना पनि बाहिरिने गरेका छन् । सोहि क्षेत्रका कलाकार भन्दा बाहिरका कलाकार प्रोत्सान बढी दिने गरेकाले कलाकारमा पनि असन्तुष्टि पैदा गरेका घटना बाहिर आउ ने गरेका छन् । यसै सन्दर्भमा सामाजिक संजाल फेसबुकमा गायक तथा सर्जक नबिन पुलामी मगरले यसरि दुखेसो पोखेका छन् ।

“नमस्कार म नबिन पुलामी मगर म जन्मिएको ठाउ रामेछाप नगरपालिका २.रामेछाप महाेत्सवले हामी रामेछापका कलाकारलाई किन प्राथामिकता नदिएको हो आखिर किन यस्तो खेल भै राछ! थाहा पनि नहुने कुन ठाउमा कति बेला महोत्सव हुन्छ भनेर ।

कलाकार भनेको सानो ठुलो हुदैन सबै बराबर हो मैल बुझे अनुसार हो हुन सक्छ चर्चित हुनु र नहुनु मा तर एउटा म पनि कहि कतै नाम सुनिएको कलाकार त होनि हैन र तर यो हेपाइ र यस्तो बेज्जत कहिले सम्म ? मलाई लाज लाग्छ हजुर दर्शक र साथी हरुले तपाई रामेछाप को कलाकार हैन र किन हजुर को नाम छैन त भन्दा अयोजक ज्यु ? हो मैले रामेछाप को बिषय मा गित गाएको छुइन होला तर म रामेछाप को कलाकार हु है भनेर म आफु जाने जुन सुकै जिल्लामा या जुन सुकै कार्यक्रम मा होस मैले मेरो ठाउ को नाम लिएकै हुन्छु ।

र मलाई गर्व लाग्छ म जन्मेको ठाउँ को नाम लिन पाउदा चिनाउन पाउदा आखिर किन त हजुर हरु ले चाइ यसरी छुट्याउने हामी लाइ किन रामेछाप कै गित गाउने मात्र रामेछाप को कलाकार होर ? किन यो कुनै सस्था मा छैन भनेर रामेछाप को कलाकार नहुने होर रामेछाप को कलाकार हुन लाइ सस्था मै बस्नु पर्ने होर? आयोजक ज्यु ?”