काठमान्डौं ।
रामेछाप साँस्कृतिक कलाकार समाजले संस्थाका प्रथम उपाध्यक्ष रामकुमार कार्कीलाई कारबाही गरेको छ । संस्थाको विधान विपरित कार्य गरेको भन्दै उपाध्यक्ष कार्कीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।
संस्थाको अध्यक्ष, निबर्तमान अध्यक्ष, संस्थापक अध्यक्ष र महासचिवद्धारा हस्ताक्षरित विज्ञप्ती अनुसार पटक–पटक स्पटीकरण सोधेर खबरदारी गर्दा पनि संस्थाप्रति आँच आउने कार्यमात्र गर्ने गरेको भन्दै उनलाई कारबाही गरेको जारी विज्ञप्तीमा उल्लेख गरेका छन् ।
संस्थाको नाम जोडेर अनर्गल हल्ला गरेर हिड्ने पटक–पटक छलफलमा बोलाउदा पनि बैठकमा उपस्थित नहुने तर संस्थाको विधान विपरित कार्यमात्र गर्ने गरेको भन्दै कारबाही गरेको जनाएको छ ।
रामेछाप साँस्कृतिक कलाकार समाज विगत १० बर्ष देखि निरन्तर कलाकारको हक, हित र अधिकारको लागि काम गर्दै आएको संस्था हो ।
रामेछाप साँस्कृतिक कलाकार समाजद्धारा उपाध्यक्षलाई गर्यो कारबाही (विज्ञप्ती सहित)
- प्रकाशित मिति: मंगलबार, माघ २१ २०७६
- तामाकोशी
