काठमाडौं । जन्मदिनमै हास्यकलाकार विल्सनविक्रम राई तक्मेबुढा बाबु बनेका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जाल मार्फत आफु छोराको बाबु बनेको बताएका छन् । एक वर्षअघि बिहे गरेका उनी छोराको बाबु बनेपछि खुशी व्यक्त गरेका छन् ।
आज आफ्नो जन्म दिनमै छोराको बाबु बनेपछि खुशी बनेका उनको ६ महिनापछि मात्रै बिहे भएको खबर सार्वजनिक भएको थियो । १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका राई आज ३४औं जन्मदिन मनाउँदैछन्
