रामेछाप । माघ १३ गते,
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका वडा नं ७ थापागाउँमा रहेको एनसेलको टावरमा आइतबार राती अज्ञात समुहले आगजनी गरेका छन् । एनसेलको टावरमा जडित तार तथा जेनेरेटरमा परालल राखेर अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव निरिक्षक बसन्त पाठकले जानकारी दिए । अहिले घटना बारे थप अनुसन्धान भईरहेका उनले बताए । उनले रामेछाप मात्रै नभएर अन्य जिल्लामा पनि यस्ता घटना भएकाले यो घटनामा पनि प्रतिवन्धीत विप्लव समुह संलग्नता हुनसक्ने आशंका ब्यक्त गरे ।
दोरम्बाको एनसेल टावरमा अज्ञात समुहद्धारा आगजनी
- प्रकाशित मिति: सोमबार, माघ १३ २०७६
- तामाकोशी