गाडी दुर्घ टनामा निशान भट्टराईको नि धन

  • प्रकाशित मिति: मंगलबार, पुष २९ २०७६
  • तामाकोशी

काठमाडौं – गायक निशान भट्टराईको सवारी दुर्घट!नामा परी मृ,त्यु भएको छ । सोमबार राति भएको दु!र्घटनामा गायक भट्टराईको मृ त्यु भएको हो । दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घ टनामा परेका थिए । दुर्घ!टनामा गम्भीर घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । ट्राफिक प्र हरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार भट्टराईको कार तीनकुनेमा दुर्घ!टनामा परेको हो । उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको थियो । गम्भीर अवस्थामा उनलाई ट्रमा सेन्टर पुर्याइएको थियो । उपचारका क्रममा उनको मृ,त्यु भएको थियो ।गायक भट्टराईको ‘कामनाले भरिएको…’ पहिलो गीत हो । दीर्घ सिंह बमको रचनामा उनले पहिलो गीत रेडियो नेपालमा गाएका थिए । ‘माया गर माया गर…’ उनको अर्को लोकप्रिय गीत हो । यसमा महिला स्वरमा सुकमित गुरुङले भट्टराईलाई साथ दिएकी छिन् ।

उनको अर्को लोकप्रिय गीत ‘हेर धर्ती…’ हो । यो गीत नेपाल आइडल सिजन वानका प्रतिस्पर्धी निशान भट्राईले गाएपछि नयाँ पुस्ता माझ पनि लोकप्रिय भएको थियो । निशान ०४१ मा रेडियो नेपाल प्रवेश गरेका थिए । ०४१ देखि ०४४ को अन्त्यसम्म उनले रेडियो नेपालमा गायकको रुपमा काम गरेका थिए । अन्नपूर्ण ताईमसले यो समाचार लेखेको छ ।