पल शाह र वर्षा रावतको अभिनय ‘पहाडी बठिनीया’थारु भाषाको गित सार्वजनिक आज(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, पुष २९ २०७६
  • तामाकोशी

काठमाडौं – यस गीतको म्युजिक भिडियोलाइ एस थ्री के इन्टरटेनमेन्टले बजार ब्यबस्थापन गरेको छ । एस थ्री के इन्टरटेनमेन्टको सहयोगमा निर्माण भएको यो म्युजिक भिडियोमा केही समयदेखि लगातार सुपरहिट नेपाली म्युजिक भिडियोहरुमा अभिनय गरेर व्यापक चर्चामा रहेका नायक पल शाह र नायिका वर्षा राउतको अभिनय रहेको छ । चलचित्रमा अभिनय गरेका पल शाह र वर्षा रावतको आफ्नै पहिचान बनाईसकेका छन् । थुप्रै नेपाली गीतमा मोडलिङ गरिसकेका पल र वर्षाले बुधबार एउटा थारु गीतमा अभिनय गरेका छन् । गायक नरेश जोगी र गायिका कामना प्रसाईको ‘पहाडी बठिनीया’ बोलको थारु गीतमा उनीहरुले अभिनय गरेका हुन्। पहिलो चोटी थारु भिडियोमा अभिनय गर्न पाउदा पल र वर्षा थारु पहिरनमा उत्साहित देखिन्छन् । नरेशकै शब्द र संगीत रहेको यो गीतको भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । अर्जुन तिवारीले खिचेको गीतको सुटिङ बुधबार राती सकिएको थियो । ‘गीतमा थारु संस्कृति र पुराना गोरुगाडाको पनि प्रयोग गरिएको छ ।

थारु गीतमा पल र वर्षाको जोडी देख्दा दर्शकले नयाँ स्वाद महसुस गर्नुहुनेछ,’ गायक जोगीले भने । एक पहाडी युवती र तराईको थारु केटा बीचको माया प्रेम यस भिडियोमा देखाउन खोजिएको कुरा समेत गायक जोगीले बताएका छन् । गीत माघ अगावै सार्वजनिक गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । यहि पौष २९ गते भिडियो सार्बजनिक गर्न निर्माण पक्ष लागि परेको छ । एस थ्री के इन्टरटेनमेन्टको अफिसियल युटुब मार्फत यो भिडियो आज सार्बजनिक हुदैछ । हेर्नुहोस भिडियो यस्तो छ तयारी: