रामेछाप साँस्कृतिक कलाकार समाजद्धारा बृहत साँस्कृतिक कार्यक्रम सहित वनभोज कार्यक्रम गर्दै

  • प्रकाशित मिति: बिहिबार, पुष २४ २०७६
  • तामाकोशी

काठमान्डौं ।
रामेछाप साँस्कृतिक कलाकार समाजद्धारा बृहत साँस्कृतिक कार्यक्रम सहित वनभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । विगत लामो समयदेखि कलाकारहरुको हकहित तथा प्रबद्र्धनको क्षेत्रमा विभिन्न काम गर्दै आइरहेको उक्त समाजले यहि पौष २६ गते शनिबारको दिन बृहत साँस्कृतिक कार्यक्रम सहितको वनभोज कार्यक्रम गर्न लागिएको समाजका अध्यक्ष रामकुमार पौडेलले जानकारी दिनु भयो ।
उहाँले यहि पौष २६ शनिबार आयोजना हुने राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुति सहितको बृहत वनभोज कार्यक्रममा कलाकारितालाई माया गर्नुहुने सम्पुर्ण संगितप्रेमी कलाप्रेमी साथीहरुलाई उपस्थितिको लागि आह्वान गर्नु भएको छ । रामेछाप साँस्कृतिक कलाकार समाज जिल्लाको मात्र नभई कलाकारितालाई प्रबद्र्धन गर्ने देशकै विशिष्ठ संस्था भएकोले जिल्ला बाहिरका जो कोहि कलाप्रेमी साथीहरु उक्त कार्यक्रममा सहभागि हुने पाउने अध्यक्ष पौडेलले तामाकोसी अनलाइनलाई जानकारी दिनुभयो ।
यस्तै बृहत साँस्कृतिक कार्यक्रम सहितको वनभोज कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक एवं समाजका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो । स्वीजरल्याण्ड पार्क सितापाइला काठमान्डौमा हुने उक्त कार्यक्रमको लागि आयोजकले विभिन्न ठाउमा समय तोकेर आउने-जानेको लागि बसको व्यवस्था गरिएको कार्यक्रम संयोजक कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार विहान ७ बजे चावहिल चोकबाट बस छुट्ने छ भने विहान ७ः३० बजे कोटेश्वर चोक र विहान ८ बजे लगनखेल हुदै ८ः३० बजे सितापाइला चोक पुग्ने समय तालिका रहेकोछ ।
रामेछाप साँस्कृतिक कलाकार समाज रामेछाप जिल्ला घरभई कलाकारिता क्षेत्रमा क्रियाशिल करिव ३५० भन्दा बढी सदस्य रहेको कलाकारहरुको साझा एकमात्र जिल्लामा दर्ता भएको संस्था हो भने यस संस्थाले विभिन्न समयमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् ।