जनकपुरबाट आयो फेरी अर्को का!ण्ड : पत्रकार माथि यसरि भयो आ!क्रमण

  • प्रकाशित मिति: मंगलबार, पुष २२ २०७६
  • तामाकोशी

जनकपुर : जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख लालकिशोर साहको कार्यकक्षमै पत्र!कार कुटिएका छन्। समाचार संकलनको क्रममा कार्यालयमा पुगेका पत्रकारको टोलीलाई आ!क्रमण भएको हो । मेयरको कार्यकक्षमा उनकै निर्देशनमा नगर प्रहरी, कर्मचारी, कार्यकर्ताको प्रत्यक्ष निर्देशनमा पत्रकारमाथि आक्रमण र कु!टपिट गरेको नेपाल पत्रकार महासंघका महासचिव किरणकुमार कर्णले बताए। ‘हामी आक्रोशपूर्ण वातावरणलाई साम्य पार्न गएका थियौं’, उनले भने, ‘तर उनका कार्यकर्ताले हामीमाथि संघा,तिक आ!क्रमण गरे।’ संघातिक आक्र!मणबाट एपीवान टेलिभिजनका ब्यूरो प्रमुख विकासकुमार साह, सञ्जय यादव, कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता अमरकान्त ठाकुर, उज्यालो नाइन्टी नेटवर्कका संवाददाता सुभाष कर्ण, देशसंचार डटकमका संवाददाता राजा झा, एबीसी टेलिभिजनका संवाददाता सुमित मिश्र घा!इते भएका छन्। घाइते सबैलाई प्रादेशिक अस्पतालमा उपचारपछि घर पठाइएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए।

‘पत्रकारलाई तीन घण्टा कुराएर प्रतिक्रिया लिने क्रममा मिडिया आतंक मच्चाएको भन्दै कुटपिट गर्नु अत्यन्त लज्जा,स्पद र आप,त्तिजनक विषय हो’, उनले भने, ‘सूचनाको हक नमान्नु, सम्बन्धित विषयमा प्रतिक्रिया दिन आलटाल गर्नु तथा पत्रकारलाई कुराएर कु,टपिट गर्न लगाउनु निन्दनीय हो।’कुट!पिटको क्रममा पत्रकारको मोबाइल र क्यामेरासमेत खोसिएको छ।



कसरी भयो कु,टपिट ?
संघातिक आक्र!मणबाट घा!इते भएका पत्रकार अमरकान्त ठाकुरसहित तीनजना पत्रकार बिहान १० बजेदेखि मेयरलाई कुरिरहेका थिए। ठाकुरले भने, ‘मेयरलाई हामीलाई ३ घण्टासम्म कुर्‍यौं, मेयरका कार्यकता भित्रबाहिर निरन्तर गरिरहे, तर हामीलाई बाहिर कुराएर राखियो, १ बजेसम्म त हामी बाहिर बस्यौं’, उनले भने, ‘अझै भित्र जान नदिएपछि भित्र पस्यौं, कार्यकर्ता आउने–जाने गरिरहने, हामीलाई किन टाइम नदिने ? प्रश्न गर्यौँ।’

पत्रकार महासंघका पूर्वअध्यक्ष अशोक रौनियार मेयरकै कार्यकक्षमा थिए। हामी भित्र पुगेपछि मेयरले भने, ‘टाइम लिएर कि त्यतिकै आएको छौं, मसंग टाइम छैन, जाउ भनेर हप्काए।’ मेयरको हप्की खाएपछि अमरजीले बाइट लिनुछ, त्यसैले आएको भन्नुभयो। ‘मेरो क्यामेरा म्यानले पनि बाइट लिनुछ भन्नुभयो, म केही बोलिनँ’, उनले भने।

’मिडियाका नाममा आतंक फैलाएर राखेका छौँ’, मेयरसँगको विवादबारे सुनाउँदै उनले भने, ‘अमरजीले हाम्रो पूर्वअध्यक्ष पनि यहीँ हुनुहुन्छ, हामीले के आतंक फैलाएका छौं ? भनेर सोध्नुभयो। त्यसपछि त मेयरका आसेपासे र नगर प्रहरी आएर ध,क्कामु,क्की सुरु गरिहाले। सुरूमा अमरजीलाई कु!टपिट गरे। त्यसपछि मलाई पनि धक्का दिए।’

धक्का–मुक्की झण्डै १५ मिनेट चल्यो। कार्यकक्षबाट बाहिर निकालिएपछि हामी त्यहीँ धर्ना दिएर बस्यौं। पत्रकार महासंघका जिल्ला अध्यक्ष अनिल मिश्रलाई पनि फोन गर्यौं। उहाँ पनि आउनुभयो । माहोल झनै तनावपूर्ण बन्यो’, उनले घटनाबारे विस्तार लगाए । ‘पाइप, हेल्मेटलगायतले हाने। अमरजीको टाउकोमा चोट लागेको छ। पत्रकार सुमित मिश्रलाई पाइपले हानिएको छ’, प्रत्यक्षदर्शी बनेका पत्र!कार विकासले भने।लाईटनेपालबाट साभार,