स्कुटरको ठ!क्करले भारतीय नागरिकको मृ,त्यु

  • प्रकाशित मिति: शनिबार, पुष १९ २०७६
  • तामाकोशी

भक्तपुर : भक्तपुर-काठमाडौं ६ लेन सडकअन्तर्गत भक्तपुर नगरपालिका १ सिर्जनानगरमा स्कुटरको ठ,क्करबाट शनिबार एक भारतीय नागरिकको ज्या,न गएको छ। महानगरीय प्र,हरी परिसर भक्तपुरका अनुसार काठमाडौंबाट भक्तपुरतर्फ आउदै गरेको एनएल ०१ एडी ५९१८ नम्बरको कन्टेनर गाडी ब्याक गर्न साइड मागिरहरेका सहचालक भारतको फरकुवावाद बस्ने २५ वर्षीय नरेन्द्र पाललाई सोही दिशाबाट आइरहेको बा ९२ प ३४०९ नम्बरको स्कुटरले ठ,क्कर दिएको थियो। परिसरका प्रहरी निरीक्षक पञ्चलाल गोलेले सहचालक पाल आफ्नो गाडीलाई साइड मागिरहेको बेला स्कुटरले ठ,क्कर दिएको जानकारी दिए।स्कुटरको ठ,क्करबाट घाइते भएका उनलाई उपचारका लागि सल्लाघारीस्थित डा.इवामुरा मेमोरियल अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा सम्बन्धित चिकित्सकले पाललाई मृ,त घोषणा गरेको प्रहरी निरीक्षक गोलेले बताए। उनका अनुसार स्कुटर र चालक भक्तपुरको सूर्यविनायक नपा ९ नलिञ्चोक बस्ने ३८ वर्षीय वसन्त देउजालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक र स्कुटरलाई महानगरीय प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान कार्य अघि बढाइएको परिसरले जनाएको छ।