चलचित्र”सा-ङ्लो”को टेलर सार्वजनिक ( भिडियोसहित )

  • प्रकाशित मिति: शनिबार, पुष १९ २०७६
  • तामाकोशी

काठमाडौं । माघ २४ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र”साङ्लो”को टेलर आज शुक्रबार सार्वजनिक भएको छ । चलचित्रको टेलर बुढासुब्बा डिजिटलको अफिसियल युट्यूव मार्फत भर्खरै सार्वजनिक भएको छ । जुन टेलर सार्वजनिक भएको १५ घण्टामा ३ लाख  भन्दा माथि हेरिएको छ। करिब साढे ३ मिनेट १ सेकेन्ड लामो उक्त टेलरमा केही धमाकेदार एक्सन सिन देखाइएको छ। सुदुरपश्चिमका नायक कलाकार बिराज भट्टले निर्देशन गरेको चलचित्रमा समाज र घर घरमा घटेका सत्य तथ्या घटनामा आधारित कथा वस्तुलाई समेटिएको कुरा मिडियामा आएको छ । चलचित्रमा निर्देशक आफै दोहोरो भुमिका निभाएका छन् । चलचित्र आगामी माघ महिनामा प्रर्शनमा आउने बताइएको छ । कार्यक्रममा प्रायः सबै कलाकार उपस्थित थिए ।

नायिका पूर्वमिस नेपाल निकिता चण्डक पनि उपस्थित थिइन् । फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निकिताले आफू यो फिल्मबाट आशावादी भएको प्रतिक्रिया दिइन् । ‘विराज (भट्ट) दाइको गाइडेन्समा धेरै कुरा सिक्ने मौका पाएँ, उहाँले धेरै कुरा सिकाउनुभएको छ,’ निकिताले भनिन् । उनले एकदमै राम्रो टिम पाएको र यो फिल्म आफ्नो उत्कृष्ट डेब्यु फिल्म हुनेमा पनि विश्वास दिलाइन् । भनिन्, ‘अरु फिल्ममा यो फिल्मको भन्दा राम्रो डेब्यु हुन सक्दैनथ्यो, काम गर्दा सिकेको सीप अब अर्को प्रोजेक्टमा परिष्कृत गर्छु ।’



चलचित्रमा बिराज भट्ट,पूर्वमिस नेपाल निकिता चण्डक,जयनन्द लामा,कामेश्वर चौरसिया,प्रकाश शाह,आर.पी पन्त,लाया संग्रौला,अमित गिरि,शिशिर भण्डारी,रमेश सोडारी,भिष्म जोशीलगायतका कलाकारको भूमिका रहेको छ । गीतमा सुरेश अधिकारि र रञ्जन राज सिवाकोटीको संगीत रहेको छ भने जसमा अन्जु पन्त,रञ्जन सिवाकोटी,मिलन नेवार र निसान भट्टराईको आवाज रहेको छ ।यसअघि रिलिज भएको गीत‘चरीले काफल टिप्यो’गीतको पनि उत्तिकै चर्चा कमाएको छ ।