काठमाडौं :अंग्रेजी नयाँ बर्षको शुभकामना सहित देशभक्त भावनाले उथल पुथल भएको गित “वीर गोर्खाली” सार्वजनिक भएको छ । पछिल्लो समय नेपालि जगतमा युवापुस्ता माझ निकै नै चर्चाको शिखरमा चढेका गाएक एवम चर्चित मोडल दुर्गेश थापाले गीतसंगीतमा नयाँपन दिदै आएका छन् । आफ्नै शैलीका दुर्गेशका थापाका हरेक गित चर्चामा उक्लिए पनि तिज कोशेली”नाच्नु पर्छ बिच्च बिच्च्मा”गीतले थापाको झन् चर्चा चुलिएको हो । त्यस लगतै चलचित्र “छ माया छपक्कै”को टिममा अटाएका थिए । झन् चर्चा चुलियो । त्यो भन्दा [पछी पनि गित न गाएका भने हैन । तिहार गित “ह्याप्पी तिहार”गित बजारमा ल्याए तर बिबादमा आए तापनि आमदर्शक स्रोताको मध्यानजर कायम राख्दै सो गीतलाई फेरी हेरफेर गरि पुन:सार्वजनिक गरेका थिए । यसपटक सिमा बि,बाद र हाम्रो देश नेपालको शिर उठाउने युवामा तातो रगतको उल्का गर्नको लागि फेरी गित सार्वजनिक भएको छ जसमा दुर्गेश थापाको अभिनय र आफैले स्वर दिएका छन् । शुरेश रानाको शब्द तथा संगीत रहेको छ भने यो म्युजिक भिडियोलाई चर्चित निर्देशक शिव बिकले निर्देशन गर्नु भएको छ ।
अर्जुन तिवारीको टिमले छायाकन गरेको म्युजिक भिडियोलाई मिलन बिकले सम्पादन गरेका छन् । यो गीतको म्युजिक भिडियो भने दुर्गेश थापाको आफ्नै असिसियल युटुब च्यानलमा राखिएको छ ।
हेर्नुस भिडियो ।