चम्सुरीलाई छोरीको विवाहको चि!न्ता, ब्वाई!फ्रेन्ड बनाउन आमाले दीईन छोरीलाई य!स्तो उपाय(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, पुष १५ २०७६
  • तामाकोशी

काठमाडौ । हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ द्वारा निर्देशित पहिलो नेवारी चलचित्रको आज पहिलो प्रमोसनल गित सार्वजनिक गरेकी छिन् । गित सार्वजनिक कार्यक्रममा पल्पसा डंगोल र छोरी नुनिमा डंगोल संगै देखिएका थिए । पल्पसाले निर्देशन गरेको चलचित्रबाट आफ्नै छोरी नुनिमा डंगोललाई नायिकाको रुपमा डेब्यु गराउंदै छिन् । नुनिमालाई नेवारी भाषा प्रष्ट नआउने हुँदा चलचित्रमा काम गर्दा सुरुवाती दिनमा अफ्ठ्यारो भएको उल्लेख पल्पसाले कार्यक्रममा गरेकी छिन । छोरीले दिनहु मेहेनत गरेर भाषा सिकेर चलचित्रमा राम्रो संग काम गरेको समेत पल्पसाले बताएकी छिन् । नुनिमाले समेत आफुलाई भाषाले गर्दा सुरुवातमा गाह्रो भएको तर केहि समय पश्चात काम गर्दा सहज भएको उल्लेख गरेकी छिन् । पल्पसा र नुनिमाले कार्यक्रम पश्चात कुराकानी गर्दैगर्दा आफु दुई बीचको धेरै गोप्य कुराहरु खोलेका छन् । पल्पसाले छोरीलाई ब्वाइफ़्रेण्ड बनाउनु तर दुखि र मेहेनतीलाई चाहि बनाउनु भनेर छोरीलाई टिप्स समेत दिएकी छिन् । छोरी नुनिमा समेत आफुलाई यस्तो खुलेर साथ् समर्थन गर्ने आमा पाउँदा आफु भाग्यमानि रहेको खुशी समेत व्यक्त गरेकी छिन् ।

पल्पसा भन्छिन्, “मलाई विवाह लगन भएको महिना आयो कि डर लाग्न थाल्छ । छोरीलाई विवाह गर्दिन पर्ने र मुख्य भनेको कस्तो ज्वाई पर्ने हो र कसले लाने हो मेरो छोरी भन्ने चिन्ताले पो सताउछ अहिले नै । मैले त छोरीलाई ब्याइ फ़्रेण्ड बनाउनु तर दुखि र मेहेनतीलाई बनाउनु भनेर सिकाको पो छु । बरु दुख परेको पैसा नभएको मान्छेलाई ज्वाईं बनाएर घरमा ल्याउन मन छ ।”