काठमाडौं । चर्चित लोक गायक प्रकाश सपुत अब नायक हुने भएका छन् । बोल माया गीत पछि अत्यन्तै चर्चामा आएका सपुत को परिचय अब गायकको मात्र हुने छैन् । अब उनी नायक बन्न लागेका हुन् ।
समाचार अनुसार उनी फिल्म ‘परदेशी २’ मा अनुबन्ध भएका छन् । उनलाई निर्देशक नारायण रायमाझीले आफ्नो नयाँ चलचित्र ‘परदेशी २’ मा अनुबन्ध गरेको बताइएको छ ।
२०७२ सालको सुपरहिट चलचित्र ‘परदेशी’ को सिक्वेलमा प्रकाशले खेल्न लागेका हुन् । यस अघि परदेशमिा भने गायक प्रशान्त तामाङले अभिनय गरेका थिए । फिल्मको छायांकन फागुनबाट सुरु हुनेछ ।जगारीको सिलसिलामा परदेश गएका युवाहरुको कथाव्यथामा आधारित रहेर फिल्म बन्ने बताइएको छ ।