सहकारीले उत्पादनको क्षेत्रमा लगानी बढाउँनुपर्छ :(नेफ्स्कुन)का बरिष्ठ कार्यक्रम अधिकृत वाग्ले

  • प्रकाशित मिति: सोमबार, पुष १४ २०७६
  • तामाकोशी

रामेछाप । पौष १४ गते,
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का बरिष्ठ कार्यक्रम अधिकृत प्रेमनाथ वाग्लेले अब सहकारीहरु गाउँ पस्नुपर्ने बताएका छन् । रामेछापको मन्थलीमा संचालित नवजागरण बचत तथा ऋण सकारी संस्था लिमिटेडले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अबका दिनमा सहकारीहरुले गाउँगाउँमा आफ्नो सेवा विस्तार गरी उत्पादन क्षेत्रमा लगानी बढाउँनुपर्ने बताए ।
उनले नवजागरण बचत तथा ऋण सहकारीले भर्खरै नेफ्स्कुनद्धारा विकास गरिएको नेपाल स्तरको गुणस्तर मापदण्ड प्रोबेशन ब्राण्ड प्राप्त गरेकाले यसबाट जिल्लाका अन्य सहकारीहरुले धेरै कुराहरु सिक्न सक्ने बताए । नवजागरण बचत तथा ऋण सकारी संस्था लिमिटेडका अध्यक्ष श्याम थापाले सहकारीलाई कानुन्ले बाधेका कारण चाहेर पनि सोचेअनुरुप समुदायको हितका लागि काम गर्न नसकेको बताए । उनले अहिले सहकारी पैसाको कारोवार गरी व्यजा लिने र दिनेमात्रै हँुदा बैंक र सहकारीको सेवामा केहि फरक गर्न नसकिएको बताए । अध्यक्ष थापाले राज्यले निर्माण गरेको कानुन्भित्र रहेर अवको दिनमा नवजागरण बचत तथा ऋण सकारी संस्थाले आफ्ना सदस्यहरुलाई लाभहुने खालका कार्यक्रमहरु ल्याउँने बताए ।
सहकारीका व्यवस्थापक रमेश उदाशले स्थापना कालमा १० रुपैयाँबाट बचत संकलन गरी ऋण प्रवाहा गरेको सहकारीले अहिले ४० करोड भन्दा बढिको कारोबार गरिरहेको जानकारी दिए । ६ हजार ७४ जना शेयर सदस्य रहेको संस्थाले अहिले सदस्यहरुको समृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी उत्पादनशिल , आयमुलक ,सीपमुलक क्षेत्रमा ऋण प्रवाहा गरी सदस्यहरुलाई अत्मनिर्भर बनाउँने काम गरिरहेको उनको दाबि छ । कार्यसम्पादनलाई मुल्याङकन गरी नेफ्स्कुनले प्रोबेशन ब्रान्ड दिएको सहकारीले अहिले १ करोड ८६ लाख ९३ हजार ८ सय ३४ रुपैयाँ लागतमा मन्थलीमा आफ्नै भवन बनाउँने कार्य सुरु गरेको बताए । प्रदेश नं ३ को उत्कृष्ट बन्न सफल यो सहकारीले वि.स २०५५ सालमा स्थापना भै सुरुमा तत्कालीन मन्थली गाविसको वडा नं ७ र ८ लाई कार्यक्षेत्र बनाई मासिक रु १० रुपौयाबट बचत संकलन गरि ऋण प्रवाहा गरेको थियो । शेयर सदस्यहरुको आर्थिक , सामाजिक विकासमा टेवा पुर्याउँने उद्देश्यले संचालित सहकारीले अहिले मन्थली नगरपालिकाको वडा नं १,२,३,५,६,७,८ रामेछाप नगरपालिकाको वडा नं ८ र ९ ,खाँडादेवी गाउँपालिकाको वडा नं ४ र ५ लिखँुतामाकोशी गाउँपालिकाको वडा नं ५ र ७ लाई कार्यक्षेत्र बनाएर काम गरिरहेको छ ।