काठमाडौँ । अन्तत प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधकाबिच सूचना तथा प्रविधिसम्बन्धी विधेयक बहुमतबाट पारित भएको छ । काँग्रेसको असहमतीकाबिच संसदको विकास तथा प्रविधि समितिको बैठकले आइतबार विधेयक बहुमतबाट पारित गरेको हो । पारित गरिएको उक्त विधेयकमा फेसबुक, ट्वीटर लगायतका सामाजिक संजाल दर्ता गरेरमात्रै चलाउन पाइने प्रावधान राखिएको छ । जसमा अरुलाई होच्याउने , गिज्याउने, हतोत्साहित गर्ने खालका विषयमा कुनै पनि विषय लेखिएमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधान समेटीएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।
सो अवसरमा कांग्रेस सांसदहरुले पारित भएको सूचना प्रविधि विधेयकले नागरिकको स्वतन्त्रतामाथि हनन गर्ने, नागरिकको मौलिक हक अधिकार कुण्ठित हुने र संविधानको मर्म विपरित हुने भन्दै फरक मत राखे पनि नेकपाले बहुमतको भरमा पेलेर विदेयक पास गरेको आरोप लगाएका छन् ।
जिस्क्याउने, होच्याउने र हतोत्साहित गर्ने खालका विषयमा लेखिएमा ५ वर्ष जेल वा १५ लाख जरिवाना वा दुबै सजाय हुन सक्ने प्रावधानले नागरिकको स्वन्त्रता हनन गर्ने विषयमा चर्को आवाज उठाएका थिए ।