रेजिना परियार र प्रकाश गुरुङको स्वरमा दिप गुरुङ्गको लोक दोहोरि गित”जाले रुमाल”सार्वजनिक

  • प्रकाशित मिति: आइतबार, पुष १३ २०७६
  • तामाकोशी

काठमाडौँ-नेपालि गीतसंगीतमा मौलिक गीतको ख,डेरी परेको बेला दिप गुरुङको प्रस्तुतिलोक दोहोरि गीत “जाले रुमाल”दिप गुरुङ्गको अफिसियल युटुब च्यानलबाट सार्बजनिक भएको हो । गायिका रेजिना परियार र प्रकाश गुरुङको सुमधुर आवाजमा रहेको उक्त गीतको सब्द तथा लय टेक बहादुर गुरुङको रहेको छ । पछिल्लो समय नेपालि सांगीतिक जगतमा फट्को मारेका दिप गुरुङको निर्देशन तथा कोरियोग्राफीमा रहेको उक्त भिडियोलाई मधुर बस्नेतले छायांकन गरेका हुन् भने पछिल्लो समय नेपालि सांगितिक जगतमा दुई दशक भन्दा लामो समय यसै सांगीतिक क्षेत्रमा समय बेथित गरिरहेका सुजन शाहीले म्युजिक भिडियो सम्पादन गरेका छन् । भिडियोमा लक्ष्मी गुरुङ,पार्वती गुरुङ,सुमित्रा गुरुङ,सन्तोष गुरुङ,महादेव एडी र नबिन गुरुङको अभिनय रहेको छ ।

बधाई छ यो टिमका सम्पूर्ण टिमलाई । आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चाको सिखर चुम्ने छ ।
हेर्नुहोस भिडियो :