ठगहरुको ठगि धन्दा यस्ता अचम्म अचम्मका हुन्छन जुन सुन्दा सबै आश्चर्य चकित हुन्छन । ठगि धन्दा नेपाल भित्र मात्र हैन भारत सम्म जोडिएको हुन्छ ।यस्तै एक ठगि धन्दाको पर्दाफास पत्रकार अपिल त्रिपाठीले गरेका छन । उनको सम्पर्कमा आएका ठगिएका पिडितहरुले ति ठगहरुको पर्दाफास गरेका हुन् । भारतीय ठगहरुले भारतको चर्चित शो कौन बनेगा करोडपतिको नाम लिएर ठगि गर्ने प्रयास गरेका छन । ति भारतीय ठगहरुले इमो मार्फत सम्पर्क गरेर पुरस्कार परेको प्रलोभन दिदै उल्टो पैसा लुट्ने गर्दै आएका रहेछन ।
उनीहरुले २५ लाख भारतीय रुपैया पुरस्कार दिने तर प्रक्रियाका लागि उल्टै आफुलाई २५ हजार रुपैया पठाउनु पर्ने बताएपछि ठग भएको प्रमाणित भएको हो । ठगिन लागेका एक युवक आफु लाइ इमोबाट बारम्बार यस्तो फोन आएपछि उनले अरु नेपाली नठगियुन भन्नलाई पत्रकार अपिलको सहयोग माग्दै उनकै कार्यालयमा पगेका थिए ।