रामेछाप ।
“आजको शिक्षामा लगानी, भोलिको सुनौलो विहानी” भन्ने मुल नाराका साथ खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुममा सार्वजनिक शिक्षा शुदृढिकरण अभियान कार्यक्रम सञ्चालन भएको छ। भावि दिनमा शिक्षामा ल्याउने सकारात्मक परिवर्तनका विभिन्न आयाम, अनुभव र रणनितिक योजना निर्माणको विषयमा छलफल गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
राकाथुमको वडा अध्यक्ष विष्णु कुमार श्रेष्ठको अध्यक्षतामा राष्ट्रिय यूवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलको प्रमुख आतिथ्यता तथा प्राचार्य गुन्ज बहादुर श्रेष्ठ, नारायण कृष्ण श्रेष्ठ लगाएतको आतिथ्यतामा शनिबार विशेष छलफल कार्यक्रम भएको थियो । कार्यक्रममा डहु मा.वि.का प्रधानाध्यापक दल बहादुर बल, नेपाल युथ फाउन्डेसनका निर्देशक रिश्व गोर्खाली र परियोजना प्रबन्धक रश्मि काफ्ले, पूर्व गाविस अध्यक्ष शम्भु लामा, नेकपा राकाथुम अध्यक्ष नर बहादुर तामाङ, नेपाली काङ्ग्रेस राकाथुम सभापति एक बहादुर श्रेष्ठ लगाएतको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा विभिन्न विषय विज्ञहरुले आ-आफ्नो राय व्यक्त गरेका थिए ।
रामेछापको राकाथुममा शिक्षा शुदृढिकरण अभियान
- प्रकाशित मिति: आइतबार, पुष १३ २०७६
- तामाकोशी
