काठमान्डौं ।
तामाकोसी अनलाइनका प्रधान-सम्पादक युनिक विफा घिसिङलाई राष्ट्रिय पत्रकारिता पुरस्कारद्धारा सम्मान गरिएको छ । शनिबार प्रधानमन्त्री निबास बालुवाटारमा एक कार्यक्रमको आयोजना गर्दै घिसिङलाई प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष के.पी. शर्मा ओलीको उपस्थितिमा पुर्व प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले “पदमालक्ष्मी सावित्री बस्नेत पत्रकारिता पुरस्कार” बाट सम्मान गरेको हो ।
रामेछाप जिल्लालाई कर्मथलो बनाएर एक दशकदेखि निरन्तर पत्रकारिताको माध्यमबाट समाजलाई सचेत र सुसुचित गर्दै समाज परिवर्तन र प्रगतिशिल रुपान्तरणमा उल्लेखनिय सहयोग गरेको भन्दै घिसिङलाई सम्मान गरेको हो ।
घिसिङसंग रामेछाप सन्देश साप्ताहिक, रेडियो तिनलाल एफएम, अन्नपुर्ण मिडिया नेटवर्क, एविसी टेलिभिजन र राष्ट्रिय समाचार समिति लगाएतको विभिन्न सञ्चार माध्यमहरुमा कार्य गरेको अनुभव छ भने विगत तिन बर्षदेखी तामाकोसी अनलाइनको प्रधान-सम्पादकको रुपमा सक्रिय छन् ।
युनिक विफा घिसिङ राष्ट्रिय पुरस्कारबाट सम्मानित
- प्रकाशित मिति: आइतबार, पुष १३ २०७६
- तामाकोशी

