९ पुस, बुटवल । ४६ दिनदेखि हराइरहेका बुटवल कालिकानगरका एक किशोरको परिवारले छोराको खोजीमा प्र!हरीले तदारुकता नदेखाएको गुनासो गरेको छ । बुटवलको स्कलर्स होम बोर्डिङ स्कूलमा कक्षा ९ मा पढ्ने बुटवल ११ कालिकानगरका १६ वर्षका जनक श्रेष्ठ कात्तिक २३ गते शनिबार बिहानदेखि सम्प!र्कविहीन भएका हुन् । घरबाटै छोरा सम्पर्कवि!हीन भएपछि बुटवलको योगिकुटी र वडा प्र!हरी कार्यालय रामनगरमा खोजी गरिदिन निवेदन गरे पनि प्र!हरीले चासो नदिएको आमा मिना श्रेष्ठले गुनासो गरिन् । ‘छोरा हराएकै दिन प्र!हरीमा पुगेर निवेदन दिएका हौं’, श्रेष्ठले भनिन्–‘डेढ महिना बित्दासम्म नभेटिंदा साह्रै चिन्तामा छौं, प्रहरी प्रशासनले ठूलाबडा भए मात्रै चासो दिने तर गरीबलाई मतलब नगरेको अनुभूति भएको छ ।’विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले आफूहरुले पनि जनकको खोजीमा सक्दो प्रयास गरेको भए पनि प्र!हरी प्रशासनको सहयोग विना सफल नहुने बताए । कात्तिक २२ गते विद्यालयमा अर्धवार्षिक परीक्षाको नतिजा प्र!काशित हुँदा जनक दुई विषयमा अनुतीर्ण भएका थिए ।
जनकले ६ हजार नगद, जन्मदर्ताको प्रमाणपत्र र झोलामा दुई जोर कपडा लिएर सम्प!र्कविहीन भएको मिनाले बताइन् । इलाका प्र!हरी कार्यालय बुटवलका प्र!मुख प्र!हरी नायब उपरीक्षक भीमलाल भट्टराईले प्र!हरीले हराएका किशोरको फोटो मातहतका निकायमा पठाएर खोजी गरिरहेको बताए ।‘हामीले खोजी गरेका छौं, तर पत्ता लागेको छैन, बे!वास्ता गरेका छैनौं,’ डीएसपी भट्टराईले भने ।अनलाइन खबरबाट साभार,