बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृ,त्यु भएको छ। मृ,त्यु हुनेमा अमरगढी नगरपालिका–११ सल्लाघारीका २० वर्षीय भरत बोहरा रहेका छन्। मंगलबार दिउँसो १ बजेतिर अमरगढी नगरपालिका–१ लिसा कम्पनी नजिकै बस र मोटरसाइकल ठोक्किँदा उनको मृ,त्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। महेन्द्रनगरबाट बझाङ आउँदै गरेको ना७ख ६५२२ नम्बरको बस र डोटी तर्फ गइरहेको से४प ५८८० नम्बरको मोटरसाइकल एकआपसमा ठो,क्किदा बोहराको ज्या,न गएको हो । गोदावरी न्युजबात साभार गरिएको हो ।
जिल्ला प्र,हरी कार्यालयका प्र,हरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार बस र मोटरसाइकल ठो,क्किँदा घा,इते ग,म्भीर भएका बोहरालाई डडेल्धुरा अस्पताल पु¥याउँदा चिकित्सकले मृ,त घो,,षणा गरेका थिए। दुर्घ,टनामा गन्यापधुरा गाउँपालिका–३ सेल्तडाका मोटरसाइकल चालक १९ वर्षीय महेन्द्र ठगुन्ना घाईते रहेका छन्। घा,इते भएका उनको डडेल्धुरामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ। बस र बस चालक वीरेन्द्रबहादुर बुढालाई प्र,हरीले नि,यन्त्र,णमा लिएको छ।