काठमाडौ – नेपालि गीतसंगीतको दुनियामा एक पछी अर्को आउने क्रममा आर.एस फिल्मसको प्रस्तुति टंक रावलको मौलिक डेउडा गित”शहर हुर्केकी केटि” सार्बजनिक भएको छ । चर्चित गायिका शोभा थापा र टंक रावलको सुमधुर स्वरमा रहेको छ । टंक रावलको लय तथा रुपा रावलको शब्द भित्र रहेको गीतको संगीत संयोजन विजय थापाले गरेका छन् । रमेश बिजुली बिसी निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई राजेश बिकले छायांकन गरेका हुन। शोनु बिकले भिडियो सम्पादन गरेका छन भने म्युजिक भिडियोमा पुजन नाथ बिष्ट र पृथ्वी प्रसाद भाटको दमदार अभिनय रहेको छ ।
अडियो मिक्सिंग भने कृष्ण बाजुरेलिले गरेका हुन् । यो गीतको म्युजिक भिडियो बिशेष फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । आशा छ यो गितले निकै चर्चा कमाउन सफल हुनेछ ।
हेर्नुहोस भिडियो :