काठमाडौं । छोटो समयमा चर्चामा आएका बाल गायक हुन आशोक दर्जी । केही समय अगाडी झापाका केही शहरहरुमा मात्रै सीमित दर्जी, यतिबेला भने देश, बिदेशमा छाएका छन् । सम्पूर्ण नेपालीहरुको मनमा बस्न सफल भएका छन् । सानो मान्छे ,ठूला सपना अनि मिठो अवाजमा गाउने शैली भने उनको झनै रोचक छ । जस्तोसुकै गीतलाई पनि सहज तरिकाले गाउन सक्ने खुबी उनमा छ । विशेष गरेर सामाजिक सञ्जाल र युट्युबमा उनको लोकप्रियता बढ्दो छ । युट्युबमा हिट बनेका अर्थात भाइरल बनेका दर्जीमा यतिबेला निकै परिर्वतन आएको छ । चलचित्रको कथा र पात्र जस्तै लाग्छ अशोक दर्जीको जीवनकहानी पनि । आर्थिक अवस्था नाजुक भएका कारण जम्मा २ कक्षा सम्म पढेर छोडेका थिए उनले । केही महिना अघि सम्म भूटानी शरणार्थी शिबिर बेलडाँगी, दमकमा गीत गाएर पैसा संकलन गर्थे उनी ।
जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्थे । गीत गाएर आफु अनि परिवारको जीविको पार्जनमा सहयोग गदै आएका थिए अशोकले ।सानो मान्छे तर जिम्मेवारी भने ठूलो थियो उनमा । सडकमा गाउँदै, पैसा माग्दै गरेको एउटा भिडियो एक्कासि युट्युव च्यानलमा अपलोड भए पछि उनी रातारात भाइरल भए । डिजे रुपेशका साथ काठमाडौँ आएर टंक बुढाथोकीसँग गीत रेर्कड गराए । मन विनाको धन ठूलो कि धन विनाको मन । यतिबेला अशो दर्जी जताततै छाएको बेला पहिलो पटक सुदूरपश्चिम धनगडी पुगेका छन् । धनागढ़ी पुग्दा मावल भने झन् तातेको थियो । हेर्नुहोस अशोक दर्जीक क्रेज धनगडीमा ।
भिडियो :