महरा,का!ण्डले लियो अर्को रुप-इजलासमा रोशनीको बेचैनी

  • प्रकाशित मिति: शुक्रबार, पुष ४ २०७६
  • तामाकोशी

ललितपुर : हल्का रातो रङको कुर्ता, कालो सुरुवाल र कालै सलमा रोशनी शाही बिहीबार उच्च अदालत पाटन पुगिन्। उनकै जाहेरीका आधारमा जबर्ज!स्ती करणी उद्योग मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर म,हराको निवेदनउपर उच्चमा सुनुवाइ चल्दै थियो। उनी साढे ११ बजेतिर अदालतमा पुगेकी थिइन्। उनी अदालत परिसरमा पस्नुअघि मुख्य प्रवेशद्वारबाहिर केही समय रोकिइन्। अलमलमा परेजस्तो देखिन्थिन्। केही समयपछि उनी सिधै इजलासतर्फ लागिन्। कालो सलले टाउको ढाकेकी थिइन् भने मुखमा मास्क थियो। अदालतभित्र पस्दा दुवै आँखा झुकेका थिए। न मुहारमा चमक देखिन्थ्यो। उनी कसैसँग बोलिनन्। निराश अनि गम्भीर भावभंगीमा इज,लासमा बसिरहिन्। अदालतबाट बाहिरिँदै गर्दा पनि उनी उस्तै भावभंगीमा देखिन्थिन्।

महराविरु,द्धको मु,द्दामा दिनभर सुनुवाइ चलेको थियो। उनी इजलासको अन्तिम सिटमा एक्लै बसेकी थिइन्। उत्सुकताका साथ बहस सुनिन्। अदालतबाट अपराह्न ४ बजेतिर बाहिरिएकी थिइन्। उनलाई इजलासबाट ‘तपाईंको केही भन्नु छ ? ’ भनेर सोधिएको थियो। जवाफमा उनले आफूलाई ‘के के भयो भयो ? ’ मात्र भनिन्। ‘फसाइयो’ भन्दै गर्दा उनको बोली रोकियो। उनी भावुक बनेकी थिइन्। आफ्ना कुरा राखेर उनी बाहिरिएकी थिइन्। अदालतबाट बाहिरिएको डेढ घण्टापछि मात्रै इजलासबाट महरालाई थुनामै राख्ने आदेश आयो।



मुद्दामा सुनुवाइ चलिरहँदा अदालत परिसरमा मह,रातर्फका आफन्त र शुभेच्छुकको आउजाउ बाक्लो थियो। अदालतभित्र प्रवेश गर्न सुरक्षाक,र्मीले प्रवेशद्वा,रमा कडा सुरक्षा जाँच गरेका थिए। कडा सुरक्षाबीच बन्द इजलासमा सुनुवाइ चलिरहँदा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पनि पुगेका थिए। राजनीतिक कार्यकर्ता, कानुन व्यवसायी, पत्रकार र सर्वसाधारणले उत्सुकतापूर्वक आदेशको प्रतीक्षा गरेका थिए।अन्नपूर्ण पोस्टमा लेखिएको छ !