रामेछाप । मंसिर ३० गते,
रामेछाप र दोलखा जिल्लाको सीमाना पर्यटकीय स्थल सैलुङमा हिउँ परेसँगै हिउँ खेल्ने आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा पनि बृद्ध भएको छ ।
सैलुङमा हिउसँग रमाउनको लागि राजधानी काठमाडौ, सदरमुकाम मन्थलीदेखिका आन्तरिक पर्यटकको घुइँचो लागेको छ । अहिले सैलुङका थुम्काहरु हिउले ढाकिएको छ । हिउको विभिन्न आकृति बनाउदै हिउँसंग रमाउँने पर्यटकहरु शैलुङ पुग्ने गरेका छन् । हिउँ परेसँगै सैलुङमा हिउँ खेल्ने पयर्टकको भिड बढेको दोरम्बा गाउँपालिका वडा नं २ दोरम्बाका वडा अध्यक्ष खड्ग श्रेष्ठले जानकारी दिए ।
रामेछाप र दोलखाको सीमाना सैलुङमा हिउँ खेल्ने पर्यटक बढ्यो
- प्रकाशित मिति: सोमबार, मंसिर ३० २०७६
- तामाकोशी