पूर्वप्रधानमन्त्रीले सहयोगीसँग सहबास गरेको भिडियो सार्वजनिक भएपछि…

  • प्रकाशित मिति: आइतबार, मंसिर २९ २०७६
  • तामाकोशी

सडकमा भएका मानिसपनि हतारहतार टेलिभिजन सेट अघि पुगे । सरकार निकट एनटिभिले भिन्दै दृश्य प्रशारण गरिरहेको थियो । श्यामस्वेत रंगको सम्पादित वृत्तचित्र पत्यार गर्नै नसकिने खालको थियो । रुसी पूर्व प्रधानमन्त्री मिखाइल कस्यानोभ प्रायजसो टिभिमा छाइरहन्थे । सन् २००० देखि २००४ सम्म प्रधानमन्त्री रहेका कस्यानोभ भलाद्मिर पुटिनबाट अलग भएपछि बलियो प्रतिपक्षीका रुपमा हेरिएका थिए । तर, टिभीमा देखाइएको सो दृश्यले उनको राजनीतिक पतन निश्चितजस्तै बनेको थियो । जनता जिब्रो टोक्दै आफ्ना पूर्वप्रधानमन्त्रीको सहबास हेर्न बाध्य थिए । दुई सन्तानका ५८ बर्षिय पिता कस्यानोभ श्रीमतीलाई घरमा राखेर बाहिर मस्ति गरिरहेका थिए । आफ्नी ३८ बर्षिय राजनीतिक सहयोगीसँग उनको सहबास गोप्यरुपमा खिचिएको थियो । उनिहरुलाई क्यामरामा कैद भइरहेको थाहा थिएन । बडो रोमान्टिक तरिकाको सहबासले राजनीतिमा कडा कम्पन ल्याइदिएको थियो ।

बेलायती नागरिक नाटालियासँग पूर्वप्रधानमन्त्रीको संवाद झनै रोचक थियो । पूर्वप्रधानमन्त्री भन्दै थिएर्, केही महिनामात्र बाँकी छ । त्यसपछि तिमी सांसद बन्छेऊ । मपनि तिम्रो यो ऋणबाट मुक्त हुनेछु ।’पुटिनको चाल राष्ट्रपति पुटिन रुसका लोकप्रिय नेता हुन । राजनीतिमा उनलाई टक्कर दिन जो कोहीलाई हम्मेहम्मे पर्दछ । पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीसमेत रहेका मिखाइल कस्यानोभ उनका लागि चुनौति बनेका थिए । उनलाई सिद्धाउने अश्त्रका रुपमा पुटिनले भिडियोको दुरुपयोग गरेको बताइन्छ । नेपालमा गोप्य भिडियो नेपालमा गोप्य भिडियो सार्वजनिक भएर कोही नेताको राजनीति चट भएको छ । अवैध सम्बन्धका कारण राजनीति गुमाउने थुप्रै नेता छन् ।



एक नायिकाको गोप्य सम्बन्ध भाइरल भएको थियो । प्रविधिको बढ्दो प्रयोगका कारण नेताहरु कुनबेला फस्ने हुन् ? यसै भन्न सकिन्न । कतिपय नेताको अतिरिक्त सम्बन्धका बारेमा बेलाबेला चर्चा र प्रसंग उठिरहेकै छ । केहि समय अघि एक जना बहालवाला सभामुखको काण्ड सामाजिक संजालमा आएपछि अहिले हिरासतमा छन् ।