सवैलाई रुवाउने रञ्जिता गुरुङ लामो समय पछी यसरि नाचिन “गलैचो गुन्द्रीमा”

  • प्रकाशित मिति: शुक्रबार, मंसिर २७ २०७६
  • तामाकोशी

काठमाडौं । नेपाली संगीतको बजारमा नयाँ नयाँ गीत संगीतहरु आउने क्रम जारि छ यहि भिडमा एउटा मन छुने लोक दोहोरि गीत तथा भिडियो पनि डिजिटल बजारमा आएको छ । S3K Entertainment को प्रस्तुति गायिका शर्मिला कडेल र रोशन कुताल क्षेत्रीको लोक दोहोरि गित”गलैचो गुन्द्रीमा” सार्वजनिक भएको छ । प्रवासमा रहेर पनि नेपालि गितासंगीतालाई माया भने मारेका छैनन् गायक तथा सर्जक रोशन कुताल क्षेत्रीले । गायक कुतालका पनि बिगतमा आएका गित पनि उत्तिकै रुचाईएका थिए । मौलिक धारमा बग्ने गायक कुतालका सृजना एक पछी आउने क्रम भने रोकिएका छैनन् ।

शिव अखेलिको उत्कृष्ट शब्द तथा गायक रोशन कुताल क्षेत्रीको संगीत भित्र रहेको गीतको म्युजिक भिडियोलाई चित्र मास्के मगरले निर्देशन गरेका हुन् भने सम्भु चालिसेले छायाँकन गरेका छन् । सुजन शाहीले सम्पादन गरेको म्युजिक भिडियोमा रञ्जिता गुरुङ र हेरुका लामाको अभिनय रहेको छ । नेपालि गीतसंगीतको क्षेत्रमा आधा हिस्सा ओगटेकी मोडल रञ्जिता गुरुङ लामो समय पछी फेरी प्रवेश गरेकी छन । S3K Entertainmentको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । बिगतका गित झैँ यो गीतले पनि चर्चा पाउनेमा हामि आशाबादी छौ ।
हेर्नुहोस भिडियो: