काठमाडौं : नेपालि गीतसंगीतको दुनियामा एक फरक खालको लोक दोहोरि गित इनाक्षी इन्टरटेन्मेन्टको प्रस्तुतिमा गायक तेजश रेग्मी र गायिका बिष्णु माझीको स्वर रहेको गीत ुछोटो कपालुको भिडियो सार्वजनिक गरिएको छ । तेजश रेग्मी कै शब्द संगीत तथा आसिस अभिरलको संगीत सँयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको हो ।
शिब बिकले निर्देशनले गरेको म्युजिक भिडियोलाई अजय रेग्मीको छायान्कन रहेको भिडियोलाई प्रबिण भट्टले सम्पादन गरेका छन । गीतको भिडियोमा नायिका शुस्मा कार्की र पछील्लो समयमा गायन तथा मोडलिङमा चर्चा कमाइरहेका मोडल तथा गायक दुर्गेश थापाको साथमा गोबिन्द भट्टराई फिचर्ड छन ।