मंसिर २४, अछाम ।कुनै बेला सानो छाप्रो बाट अध्यान अध्यापन कार्य सुरुगरियको अछाम बहुमुखी क्याम्पस मंगलसेनमा हाल चारवटा आधुनिक पक्की भवन निर्माण भय संगै क्याम्पसको मुहार फेरीयको छ । मंगलसेन नगरपालिका बाट एक करोड ९६ लाख, प्रर्देश सरकारबाट ५० लाख, र निर्बाक्षेत्र पुर्वाधार बिकास कार्यक्रम मार्फत ३० लाख गरी जम्मा दुई करोड ७६ लाख लागतमा अछाम क्याम्पसको नयाँ संरचना निर्माण भयको हो । बिगतका बर्षमा पुरानो जिर्ण भवनमा अध्यान अध्यापन हुने अछाम बहुमुखी क्याम्पसमा २६ कोठे चार वटा पक्कि भवन सहित भौतिक संरचना निर्माण भयको छ ।
२०४८ सालमा स्थापना गरीएको अछाम बहुमुखी क्याम्पसमा कक्षा ११ देखी स्नाकोत्तर तह सम्म नेपालि र इपिएम बिषयको पढाई संचालन भईरहेको छ । हाल आन्सीक र पुर्ण कालिन गरी २३ जना प्रध्यापकहरुले अध्यापन गराई रहेको अछाम क्याम्पसमा आठसय क्षात्र क्षत्राहरुले अध्यायन गरीरहेका छन । पछिल्लो समय पक्की भवन बने संगै क्याम्पसको मुहार फेरीयको र सैक्षीक गुणस्तरमा सुधार आयको यहाँका छात्राहरुको भनाई रहेको छ । हाँल क्याम्पसमा खेल मैदान र खानेपानीको अभाव रहेको क्षात्र हरुको गुनासो रहेको छ. ।अछाम क्याम्पसमा हाल डीजटिन बोर्डको स्थापना गरीयको र यसलाई डिजिटल क्याम्पसको बिकास गरी अध्यापन संचालन गरीने क्याम्पस प्रमुख क्षत्र बहादुर बिष्टले बताउनु भयको छ ।
स्थानिय अभिभावक हरुको सहयोगमा अछाम बहुमुखी क्याम्पस को आयोजनामा २०७३ सालमा आयोजना गरेको धार्मीक महोत्सवमा दुई करोड रकम जम्मा गरीयको र सम्पुर्ण दान दाता हरुको शिलसिलेवार ताम्र पत्रमा नाम राखीयको छ । जस्ले गर्दा यहाँको सैक्षक गुणस्तरमा टेवा पुगेको स्थानियको भनाई रहेको छ ।