काठमान्डौं ।
राष्ट्रिय संगितकर्मी संघ केन्द्रिय कार्यसमितिद्धारा बृहत वनभोज तथा साँस्कृतिक कार्यक्रम २०७६ काठमान्डौंमा गर्ने भएको छ । “हाम्रो कला र सस्कृति गौरबपुर्ण शान, कलाकर्मी उत्थानको लागि हाम्रो अभियान” भन्ने मुल नाराको साथ उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
राष्ट्रिय संगितकर्मी संघका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार कार्कीका अनुसार मंसिर २७ गते काठमान्डौंमा साधारण सभा हुने र २८ गते साधारणसभाको निर्णय सार्वजनिक तथा बृहत वनभोज सहित साँस्कृतिक कार्यक्रमको आयोजना हुनेछ ।
उहाँले भन्नु भयो “२७ गते र २८ गतेको कार्यक्रममा सहभागि हुन सवै जिल्लारप्रदेश समितिको साथीहरुलाई परिपत्र गरिसकेकोछु, हाम्रो कार्यक्रम भव्य हुनेछ”
यस्तै २८ गतेको साँस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी तिव्र भइरहेको साँस्कृतिक संयोजक एवं केन्द्रिय प्रथम उपाध्यक्ष प्रकाश कटुवालले जानकारी दिनु भयो । बालाजु बाइसधारा काठमान्डौंमा हुने उक्त वनभोज कार्यक्रममा, बृहत साँस्कृतिक नाचगान सहित स्रष्टा सम्मानको कार्यक्रम समेत रहेको प्रथम उपाध्यक्ष कटुवालले तामाकोसी अनलाइनलाई जानकारी दिनु भयो ।
कार्यक्रम यहि मंसिर २८ गते शनिबार विहान ९ बजेबाट सुरु हुने बताइएको छ ।
राष्ट्रिय संगितकर्मी संघद्धारा बृहत वनभोज तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै
- प्रकाशित मिति: शुक्रबार, मंसिर २० २०७६
- तामाकोशी