रामेछाप ।
नेपाल मगर संघ रामेछापको सातौं जिल्ला अधिवेशन भव्यरुपमा हुने भएको छ । ‘सम्पूर्ण रामेछाप बासी मगरहरु रामेछाप मन्थली जाउँ, नेपाल मगर संघको सातौ अधिबेशन सफल पारौं’ भन्ने मूल नाराका साथ रामेछापको सदरमुकाम मन्थलीमा हुने कार्यक्रम संयोजक एवं कलाकार शिव सागर मगरले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो “आउने मंसिर २८ गते नेपाल मगर संघको सातौं अधिबेशन भब्य रुपमा हुनेछ, जिल्ला भरीका मगर समुदायका साथिहरुलाई सो कार्यक्रममा उपस्थित हुने अनुरोध गर्न चाहन्छु” ।
अधिबेशनलाई सफल बनाउन आबश्यक ब्यवस्थापनको कामहरु अन्तिम चरण पुगेको र अधिबेशन मन्थलीको बुद्धिस समाज बिकास गुम्बा हलमा हुने संयोजक एवं कलाकार शिव सागर मगरले जानकारी दिनुभयो।
आयोजकले दिएको जानकारी अनुसार उक्त अधिबेशन कार्यक्रम मंसिर २८ गते बिहान साँढे दश बजे देखि नै सुरु हुने बताइएको छ ।