काठमाडौं / कलंकीस्थित मकालु पेट्रोल पम्पको पछाडिपट्टि एउटा साढे तीनतले घर छ । जहाँ ‘सोसाइटल ओभरसिज सर्भिसेज प्रालि’ लेखिएको साइनबोर्ड देख्न सकिन्छ । साइनबोर्डका अनुसार त यहाँ कामदार विदेश पठाउने काम हुनुपर्ने हो तर वास्तविकता अर्कै छ । यहाँ मेनपावर व्यवसाय नभएर यौ८न व्यापार भइरहेको थियो ।
जहाँबाट ग्राहकले आफ्नो मागअनुसार यौ८नकर्मी छानेर लैजान्थे वा त्यहीँ रहेको रुममा रमाइलो गर्न सक्थे । यहाँ पुरुषले मात्र होइन, महिला ग्राहकले समेत ‘सेवा’ पाउँथे । मेनपावरभित्र तम्तयार अवस्थामा रहेका यौ८नकर्मीले चित्त नबुझे अन्य थरी यौनकर्मी डाक्ने कल सेन्टरको पनि सुविधा थियो ।
पछिल्लो पटक प्रहरीले यो घरमा छापा मार्दा थाहा लाग्यो– मेनपावरको आवरणमा समेत शहरमा यसरी यौ८नधन्दा खुलेआम चलिरहेको थियो । तथाकथित मेनपावर सञ्चालक कीर्तिपुरकी विमला अधिकारी र अर्घाखाँचीका गोपाल भुसाल अहिले कालिमाटीस्थित प्रहरी वृत्तमा छन् ।
नयाँबजारस्थित प्रहरी चौकीको छेउमा बाग्मती खोला छ । खोलाको पारिपट्टि तीनटा खाजापसल लहरै सञ्चालित छन् । जुन खाजापसलमा यौ८न भोक मेट्न सकिन्छ । त्यहाँ सजिलै यौ८नकर्मी उपलब्ध हुन्छन् । शहरमा यस्ता खाजापसल अनगिन्ती छन् ।
खाजापसलको आवरणमा वर्षौंदेखि सञ्चालित यहाँको यौ८नधन्दा प्रहरीकै संरक्षणमा खुलेआम चलिरहेको यहाँका स्थानीयवासीको आरोप छ । यी खाजापसलका लागि ग्राहक बटुल्ने दलालहरू रत्नपार्क, सुन्धारालगायत क्षेत्रमा यत्रतत्र तैनाथ भेट्न सकिन्छ ।
एक खाजापसलकी सञ्चालिकाका अनुसार यहाँ सस्तैमा यौ८नप्यास मेट्ने अवसर जुर्छ । पाँच सयमा यौ८नकर्मी, सयमा कोठा, दलालमार्फत आए दुई–चारसय उसलाई तिर्नुपर्छ । यी पसलमा समय–समयमा जुवा पनि चलिरहेको देख्न सकिन्छ ।
उता, चाबहिलस्थित ओम अस्पताल वरपर मःमः पसलका नाममा कोठी सञ्चालित छन् । जहाँ छिरेका ग्राहकले मःमःसँगै यौ८नप्यास पनि मेट्न पाउँछन् । अस्पतालमा आएका बिरामी र कुरुवाहरू थाहा नपाई खाजा खान भित्र पस्दा महँगोमा फस्ने गर्छन् ।
‘अस्पतालभित्रको क्यान्टिन महँगो ठानेर यहाँ आइयो,’ अस्पतालकै छेउमा भेटिएका एक कुरुवाले दुखेसो पोखे, ‘यहाँ त मःमःको साथमा अर्कै स्वागत हुँदा पो सातो गयो । जबर्जस्ती यौनकर्मी भिडाउन खोज्दा रहेछन् । मैले मानिनँ । एक प्लेट मःमः र एउटा चिसोको हजार रुपैयाँ तिर्नुपर्यो ।’
खाजा नपाउने यस्ता खाजापसलहरू गोंगबु, स्वयम्भू, खुसिबु, टेकु, कुलेश्वर, कोटेश्वर, गौशाला, चाबहिल, चक्रपथ, ग्वार्कोलगायत राजधानीका दर्जनौँ इलाकामा छ्यापछ्यापती खुलेका छन् ।
झुपडीमै यौ८नधन्दा चलाइरहेका यस्ता खाजापसलहरू महँगा ९आफूलाई उच्च कोटीका ठान्ने० यौ८नकर्मीहरूका सम्पर्क स्थानका रूपमा समेत प्रयोग भइरहेका छन् । सोह्रखुट्टेमा सञ्चालित यौ८नधन्दा गर्ने केही खाजापसल प्रहरीले बन्द गराए पनि अझै कैयौँ पसलहरू प्यासी ग्राहकका अखडा बन्दै आएका छन् ।
यहाँका खाजापसलले त प्रहरीबाट सुरक्षित रहेको भन्दै ग्यारेन्टी दिलाएर ग्राहक तान्छन् । एक सञ्चालक भन्छन्, ‘घुमुवालाई हातमा लिन सके सब कुरो मिल्छ ।’ उनीहरूकै शब्दमा घुमुवा अर्थात् सादा पोशाकका प्रहरीहरू ‘दिन दुगुना, रात चौगुना’ महँगा बन्दै गएकाले व्यवसायबाट फाइदा कमाउन मुस्किल परेको छ ।
सामाखुशीमा सञ्चालित एक लेडिज एन्ड जेन्ट्स पार्लरले वर्षौंदैखि ग्राहकको यौ८नप्यास मेटाइदिँदै आएको छ । पार्लर त देखाउने दाँत मात्र हो । चपाउने दाँत अर्कै छ । सञ्चालिका दाबी गर्छिन्, ‘यहाँबाट ग्राहकले मात्र सेवा पाइरहेका छैनन् ।
गरिब परिवारका महिलाले शरीर बेचेर जीवन धानिरहेका छन् । ट्याक्सी चालकले ग्राहक ल्याइदिएर ‘एक्स्ट्रा टिप्स’ पाइरहेका छन् ।’ उनका अनुसार देहसुखको खोजीमा रहेका धनीमानी महिला–पुरुषलाई भनेकै स्थानमा सेवा ‘डेलिभर’ पनि भइरहेको छ । ‘जनतालाई यत्रो सेवा दिँदा उल्टै प्रहरी–प्रशासनबाट सताइनुपर्ने कस्तो पेशा गरिएछ रु’ सरकारलाई सञ्चालिकाको प्रश्न छ, ‘हामी के सरकारका जनता होइनौँ रु हामीले आफ्नो पेशा–व्यवसाय ढुक्कसँग किन गर्न नपाउने रु’ पार्लरमा सुन्दर हुन आउने ग्राहककै ‘डिमान्ड’का आधारमा आफूले पार्लरको सेवालाई विस्तार गरेको उनको भनाइ छ ।
‘सरकारका बाउ आए पनि यो शहरमा यस्तो काम बन्द हुन सक्दैन,’ उनी कडा रूपमा प्रस्तुत हुन्छिन्, ‘व्यवस्थित गर्न्तिर सरकारले सोचेन भने उसकै लाज हुने हो । लगेर दुई–चार दिन थुन्दैमा डराउनेवाला छैनौँ ।’ कैयौँ पटक प्रहरी खोरमा पर्दै(छुट्दै गरेको अनुभवले उनी खारिएकी छिन् ।
आवरण बदलिरहने धन्दा
मेनपावर, पार्लर, खाजापसल, कस्मेटिक, सैलुन, होटल, बार, मसाज, स्पा‘। यस्ता कैयौँ आवरणमा यौ८नधन्दा चलिरहेको छ । धन्दावालहरू चौपट्टै बाठा छन् । जो देखाउने दाँत अर्थात् आवरण बदलेको बदल्यै हुन्छन् । ग्राहकसँग साक्षात्कार गर्ने जुक्ति र माध्यम अनौठा लाग्छन् । प्रहरी र धन्दावालाहरूबीच बेलाबेला लुकामारी चलिरहन्छ ।
बदलिइरहने आवरणले यौ८नधन्दा पहिचान गर्नै गाह्रो पर्ने गरेको प्रहरी बताउँछ । ‘धन्दावालाहरू हामी ९प्रहरी० भन्दा धेरै बाठा छन्,’ महानगरीय प्रहरी बौद्ध वृत्तका डीएसपी नरहरि रेग्मी स्वीकार्छन्, ‘पहिचान भइहाले पनि तह लगाउनै मुस्किल छ ।’
प्रहरीका अनुसार धन्दावालाहरूलाई सार्वजनिक अप८राधभन्दा ठूलो सजाय हुने मुद्दा चलाउन सकिन्न । सार्वजनिक अपराध मुद्दा चलाउन पनि संस्थागत रूपमा पेशेवर तवरले लागेकाहरूलाई भन्दा अरूलाई गाह्रो छ । पछिल्लो समय संस्थागत तवरले भन्दा व्यक्तिगत सम्पर्क र ‘बार्गे्निङ’मा देह व्यापार गर्ने धेरै छन् ।
मेनपावरका नाममा यौ८नधन्दा चलाइरहेका सञ्चालकहरूविरुद्ध महानगरीय प्रहरी कालिमाटी वृत्तले मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइरहेको छ । ‘त्यहीँ काम गरिरहेका पीडित महिलाहरूले दिएको उजुरीका आधारमा मुद्दा अघि बढाएका छौँ,’ वृत्तका डीएसपी हेम थापाले भने, ‘मेनपावरमा जागिर लगाइदिने आश्वासन दिएर शरीर बेच्न बाध्य पारेको पीडित महिलाहरूको भनाइ छ ।’
डीएसपी थापाका अनुसार धन्दावालाहरूले महिनामा पाँच हजार रुपैयाँ तलब दिने भन्दै १८(१९ वर्ष उमेरका किशोरीहरूलाई यौ८नकार्यमा लाग्न बाध्य पारेका थिए । संस्थागत तवरले चलेका यौ८नधन्दा बाहेकलाई कारबाहीको दायरामा ल्याउन नसकिएको उनको भनाइ छ ।
‘धन्दाको सूचना पाएसम्म रेड हान्ने हो,’ डीएसपी थापाले भने, ‘सार्वजनिक अ८पराध मुद्दा चलाएर बढीमा २५ दिन थुनामा राख्यो । फेरि सुरु गरिहाल्छन् । अझ व्यक्तिगत सम्पर्कमा धन्दा चलाउनेलाई कारबाहीको दायरामा ल्याउनै मुस्किल छ ।’
डीएसपी थापाका अनुसार पछिल्लो पटक छापा हानिएको मेनपावरले यौनकर्मी र विदेश जाने कामदार दुवैको दलाली गरिरहेको थियो । विदेश जाने र आउने कामदारलाई यौनकर्मी मिलाइदिएर महँगो रकमसमेत असुलिरहेको थियो ।
‘फ्ल्याट’को यौ८नधन्दा सदाबहार
सामान्य मान्छेको पहुँच कमै हुने ‘फ्ल्याट’को यौ८नधन्दा शहरका लागि सदाबहार बनिसकेको छ । बलियो ‘सेटिङ’का भरमा चलाइएका यस्ता फ्ल्याटमा प्रहरीले वास्ता गर्दैन । फ्ल्याटमा रेगुलर ग्राहक धेरै जान्छन् । टोले गुण्डाहरूको समेत सहयोग हुने भएकाले ढुक्कसँग व्यवसाय चलाउँछन् । काठमाडौँ, नारायणटारस्थित एक फ्ल्याटबाट निस्कँदै गरेका ग्राहकले भने, ‘बरु महँगै तिर्ने हो । ढुक्कसँग मज्जा लिइन्छ । यहाँ त पुलिस, गुण्डा कसैको टेन्सन हुँदैन । जो पायो त्यही आउने पनि चान्स कम हुन्छ ।’ ग्राहकहरूका अनुसार अझ फ्ल्याटमा भन्दा अपार्टमेन्टमा सञ्चालित कोठीहरू सुरक्षित र आरामदायी हुन्छन् ।
यौ८नधन्दाविरुद्ध प्रभावकारी कदम चाल्न प्रहरीलाई पनि गाह्रो छ भन्छन्, प्रहरी वृत्त दरबारमार्गका डीएसपी कृष्णबहादुर पोल्मीमगर । ‘ग्राहक खोज्न सडकमै उत्रनेहरूलाई लखेट्न सक्छौँ, सम्झाउन सक्छौँ,’ उनले भने, ‘कोठी नै खोलेर बस्नेलाई सार्वजनिक मुद्दा चलाइन्छ । यसलाई उनीहरू सामान्य रूपमा लिन्छन् । नैतिकता हुनेले पो थाहा पाउँछ, सार्वजनिक मुद्दा कति गम्भीर हो भनेर ।’
सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्र राठौरका अनुसार यौ८नधन्दाको निगरानी राख्नु यहाँको प्रहरीको ‘डेली रुटिन’ हो । ‘यस्ता धन्दाहरू घरबेटी, सञ्चालक, कामदार, ग्राहक धेरै पक्षको सहमतिमा थरीथरी आवरणमा चलेका हुन्छन्,’ उनले भने, ‘त्यस्ता धन्दालाई बन्दै गराउन गाह्रो पर्छ । तर, सूचना पाएसम्म धन्दा रोक्ने काम गरिरहेकै हुन्छौँ ।’ गौशाला वृत्तका डीएसपी नवराज कार्की छुट्टै टिम बनाएर यौ८नधन्दा बन्द गराउन लाग्ने योजना सुनाउँछन् । प्रहरीका अनुसार जुनसुकै आवरणमा पनि सञ्चालित हुन सक्छन्, यौ८नधन्दा । धन्दावालाहरू ग्राहक बटुल्ने तामझामसँगै आवरण बदल्ने योजना बुन्नमा व्यस्त हुन्छन् ।
उता, यौ८नधन्दाको बलियो ‘स्पट’ गोंगबु क्षेत्रको प्रहरी पनि धन्दावालाको आवरण बदलिइरहने रणनीति र गतिलाई पछ्याउन नसकेको स्वीकार्छ । गोंगबु प्रहरी प्रभागका प्रहरी निरीक्षक रामनारायण माझी वे८श्यावृत्तिमा मुद्दा चलाउनु मात्र समस्याको समाधान होइन भन्छन् । शुक्रबार साप्ताहिकबाट ।