बाबालाई लाग्यो बलात्कारको अरोप,अस्पतालबाटै पक्राउ

  • प्रकाशित मिति: सोमबार, मंसिर १६ २०७६
  • तामाकोशी

काठमाण्डाै, १६ मंसिर । आफ्नै अनुयायीलाई बलात्कारको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । विराटनगरस्थित विराट नर्सिङ होमको आइसियूमा भर्ना भएको अवस्थामा नै उनलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिए्रको हो ।

बलात्कारको आरोपमा पक्राउ पूर्जी जारी भएपछी स्वास्थ्यमा समस्या देखाई अस्पताल भर्ना भएका उनलाई हिजो दिउँसो ह्दयघात भएको भन्दै आइसियूमा सारिएको थियो । यद्दपी उनको स्वास्थ्य सामान्य रहेको प्रहरीको भनाई छ । सुनसरीको चतरास्थित आश्रमका सिद्धबाबामाथि एक महिलाले बलात्कारको आरोपमा उजुरी दिएपछी उनी बिरुद्ध सुनसरी जिल्ला अदालतले पक्राउ जारी गरेको थियो । उनलाई आज नै जिल्ला अदालत लगी म्याद थप गरिने जनाईएको छ ।