फुटबलमा भुटानको विजयी सुरुवात

  • प्रकाशित मिति: सोमबार, मंसिर १६ २०७६
  • तामाकोशी

काठमाडौं । १६ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा भुटानले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा सोमबार देखि सुरु भएको पहिलो खेलमा भुटानले बंगलादेशलाई १–० गोलले हरायो ।भुटानको जितमा कप्तान चेन्चो ग्याल्जेनले ६५औं मिनेटमा निर्णायक गोल गरे । अर्को खेलमा माल्दिभ्स र श्रीलंकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

पुरुष फुटबलका नेपालसहित भुटान, श्रीलंका, माल्दिभ्स र बंगलादेश सहभागी छन् । राउन्ड रोकिवन लिगका आधारमा खेलाईने फुटबलमा शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ ।लिग चरणको तेस्रो टोलीले सिधै कांस्य पदक प्राप्त गर्नेछ ।