धर्मको नाममा कलंक,बाबाको अश्लिल भिडियो सार्वजनिक-प्रहरीले थाल्यो अनुसन्धान

  • प्रकाशित मिति: आइतबार, मंसिर १५ २०७६
  • तामाकोशी

धर्मको भेषमा समाजलाई लुट्नेहरु धेरै छन् । बाबाको ढोंङ रचेर विभिन्न अश्लील हर्कत मच्चाउनेहरुको पनि कमी छैन । हालै एउटा यस्तै घटना घटेको छ भारतमा । बाबाको भेषमा बसेका एकजनाले युवतीहरूसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएसँगै उनीमाथि भारतीय प्रहरीले अनुसन्धान थालेको छ । भारतको राजस्थानको एक शहरमा एक बाबाको अश्लिल भिडियो भाइरल भएको हो ।

जसमा उनले बाबाको भेशभूषामा केही महिलाहरूसँग अश्लील हर्कत गरिएको देखिएको छ । भिडियो सार्वजनिक भएपछि स्थानीयले उनीमाथि कारबाहीको माग गरेका छन् । प्रहरीले उक्त भिडियो बनाउनेमाथि पनि कारबाही शुरू गरेको छ ।यस घटनाका विषयमा जोधपुर ईस्टका डीसीपी धर्मेन्द्र कुमार यादवले सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान शुरू गरेको बताएका छन् ।एजेन्सी,