रामेछाप । मंसिर १४ गते,
रामेछापको मन्थली नगरपालिकाको पशु सेवा शाखाले यस वर्षको बजेट तथा कार्यक्रमको बारेमा जनप्रतिनिधि र पत्रकारहरुलाई जानकारी गराएको छ । कार्यालयमा अभिमूखिकरण कार्यक्रमको आयोजना गरि सो विषयमा जनकारी गराइएको हो । मन्थली नगरापलिका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका प्रमुख मुकुन्द खड्काले नगरपालिकामा यस वर्ष ६० लाख रुपैयाँ बजेट रहेको र सोही अनुसार कर्यक्रम सञ्चालन भई रहेको जानकारी दिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछाकी उपप्रमुख दीपा पाख्रिनले विकासको काममा सबैजाना लाग्नु पर्नेमा जोड दिइन् । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले रामेछाप जिल्लामा कृषि र पशु क्षेत्रमा गरेको लगानी उपलब्धि मुलक हुन नसकेको बताए । उनले नक्कली किसानले राज्यको अनुदान लिने र अनुदान लिएपछि काम छाड्ने परम्पराले गर्दा कृषि र पशु क्षेत्रको विकास हुन नसकेको बताए ।
कार्यक्रममा नेपाल पारा भेटनरी असोसियसनका केन्द्रिय अध्यक्ष रामप्रसाद मेहताले अहिले पशु स्वास्थ्य सेवामा भई रहेको काम, समस्या र समस्या समाधानको लागि राज्यले गर्नु पर्ने कामको बारेमा कार्यपत्र प्रस्तुत गरेको थिए । कार्यक्रममा मन्थली नगरपालिकाका निर्वा्चित जनप्रतिनिधिहरु, पत्रकार, तथा पाराभेटनरीका प्राविधिकहरुको सहभागिता रहेको थियो ।
मन्थलीन नगरपालिको पशु सेवा शाखको बजेट र कार्यक्रम बारे जनप्रतिनिधि र पत्रकारलाई अभिमूखिकरण
- प्रकाशित मिति: शनिबार, मंसिर १४ २०७६
- तामाकोशी